अब महिला कामदार खाडी जान पाउने


२७ जेठ, काठमाडौँ । सरकारले खाडी मुलुकमा नेपाली महिलाहरूलाई घरेलु कामदार (हाउसमेड)का रूपमा ­पठाउनका लागि खुला गरेको छ ।
साउदी अरब इमिरेट्स तथा कतारमा घरेलु कामदारका लागि तोकिएको मापदण्ड पूरा गरेर नेपाली महिला कामदारहरूलाई पनि पठाइने भएको हो । यसअघि खाडी मुलुकमा कामदारका रूपमा पुगेका महिलाहरू श्रम तथा शारीरिक शोषणबाट पीडित भएपछि सरकारले घरेलु कामदारका रूपमा पठाउनका लागि बन्देज लगाएको थियो ।
घरेलु कामदारलाई खाडीका स्थानीय श्रम कानुनले नसमेट्ने र असुरक्षित हुने भएकाले महिलाहरूलाई जानबाट रोक लगाएको थियो । यद्यपि दलालहरूले पर्यटक भिसामा स्वदेशी र विदेशी विमानस्थलको प्रयोग गरी ति देशमा पठाइरहेका छन् । यसलाई सरकारले रोक्न नसकेपछि गएको मंसिरमा मन्त्रिपरिषद्ले कार्याविधि बनाएर दूतावासको जिम्मेवारीमा मापदण्ड बनाएर पठाउने निर्णय गरेको थियो ।
खाडी मुलुकमा दूतावासहरूको अनुगमनमा करिब दुई लाख महिला कार्यरत रहेका छन् । श्रम मन्त्रालयका अनुसार चार दूतावासले आ-आफ्नो देशअनुसार न्यूनतम तलब, बिमा व्यवस्था, कामदार राख्नेको आर्थिक स्थिति, बासस्थान, धरौटी तथा सुरक्षाको अवस्थालगायतका विषयमा मापदण्ड तोकेको छ ।
जसअनुसार साउदी, कतार, युएई र कुवेत जाने महिला कामदारको न्यूनतम तलब क्रमशः ७ सय रियाल, १ हजार रियाल, ९ सय दिराम र ५० डिनार तोकिएको छ । खाडीमा घरेलु कामदारमा रहेका महिलाहरूले ‘हाउस ड्राइभर’, ‘हाउस सेक्युरिटी’ र ‘गार्डेनर’ रहेका छन् ।
यसअघि खाडी मुलुकमा महिला कामदारहरू यौनशोषणमा पर्ने, कुटाइ खाने, एजेन्टबाट ठगी हुने, पीडा सहन नसकेर आत्महत्या गर्ने न्यून तलब दिने, घरमा सम्पर्क गर्न नपाउने, चाहेको समयमा घर फर्कन नपाउनेलगायतका समस्या झेल्न बाध्य थिए ।
onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login