चर्को गर्मीले तराई धपक्कै

२१ जेठ, वीरगञ्ज । गर्मी याम सुरु भएसँगै तराइका अधिकांश जिल्लामा चर्कोघाम लाग्नुका साथै अत्याधिक गर्मी बढेको छ ।  गर्मीका कारण यहाँका बासिन्दामा टाउको दुख्ने, रिङगटा लाग्ने तथा शरीर झम्झमाउने समस्याका साथै उच्च ज्वरोको प्रकोपसमेत फैलिएको छ । शरीरबाट अत्याधिक मात्रामा पसिना बग्दा शरीर आलस्य हुने भएकाले यस्ता रोगहरुको प्रकोप बढेको चिकित्सकहरु बताउँछन् । गर्मीबाट खास गरी बालबालिका र वृद्धबृद्धाहरु बढी प्रभावित भएका छन् ।  नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज र सगरमाथा अञ्चल अस्पताल राजविराजका अनुसार उच्च गर्मीसँगै टाउको दुखेका र ज्वरोका बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । अत्याधिक गर्मीका कारण दिउँसोको समयमा मध्य तथा पूर्वी तराइका सडक तथा स्थानीय बजारहरुमा मानिसको उपस्थिति हृवात्तै घटेर गएको छ । दैनिक ज्यालादारीमा काम गर्ने रिक्सा, टाङगा र ठेलागाडा चालकहरु गर्मीका कारण बढी मारमा परेका छन् ।  गर्मी याममा प्रसस्त मात्रामा पानी पिउन र फलफूल तथा शरीर चिसो बनाउने खाने कुरा सेवन गर्न चिकित्सकहरुको सुझाव छ ।

onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login