होम कार्की काठमाडौ, जेष्ठ २७ - एक वर्षअघि मृत्यु भएका ९ नेपाली महिलाका शव कुवेतको अस्पतालमा थन्किएका छन् । तर अहिलेसम्म न मृत्युको कारण थाहा भएको छ न त उनीहरूका आफन्तको नै पत्तो लागेको छ ।
कुवेतस्थित नेपाली दूतावासका अनुसार मृत्यु भएका महिलाका राहदानी र आफन्त पत्ता नलागेकाले शवलाई स्वदेश पठाउन नसकिएको हो ।
दूतावासका अनुसार शान्ति सार्की, शान्ति दर्जी, अमृता सेन्च्यु, सानुमाया कस्नी कामी, सविना नेपाल, सरस्वती अवास, निलिमा योङगहाङ लिम्बू र कविता विश्वकर्माको शव त्यहाँको सरका अस्पताल ‘फरेन्सिक मेडिसिन’ मा राखिएको छ । उनीहरूमध्ये दर्जी बाबियाचौर–५, म्यादीकी र विश्वकर्मा जाहदा–४ नवलपरासीकी भनिए पनि ठेगाना यकीन हुन नसकेको दूतावासले जनाएको छ ।
कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलका अनुसार राहदानी वा मृतकको ठेगाना र नजिकको नातेदार पत्ता लगाउने कुनै कागजातहरू फेला नपरेकोले शव पठाउन नसकिएको हो । स्पोन्सरबाट भागेपछि मृत्यु भएका, स्पोन्सर केस गरेको हुँदा शव पठाउने जिम्मेवारी नलिएका र स्पोन्सरले शव पठाउन रकम तिर्न अस्वीकार गरेकाको यास्तो समस्या हुने पौडेलले बताए ।
‘कोही त अर्कै व्यक्तिको राहदानीमा फोटो टाँसेर आएका पनि हुन सक्छन्,’ उनले भने, ‘त्यसैले मृतकको सही नाम, ठेगाना र निकटतम व्यक्तिबारे जानकारी पाउन गाह्रो छ ।’
कुवेतको स्थानीय कानुनअनुसार मृत्यु भएको तीन महिनाभित्र शव स्वदेश पठाइसक्नु पर्छ । ‘तीन महिनाभित्र नलगेमा यतै गाडिदिने रहेछ,’ उनले भने, ‘यी शवबारे हामीले जानकारी पाएकाले कुवेतको परराष्ट्र मन्त्रालयलाई भनेर शव सुरक्षित राख्न अनुरोध गरेका हौं ।’
उनीहरूको बिमा व्यवस्था लागू हुनुअघि र केहीको दूतावास स्थापना हुनुअघि नै मृत्यु भएको हो । सार्कीको २०१० अगस्ट २, दर्जीको २०१० फेब्रुअ ११, सेन्च्युको २०१० मार्च १४, सानुमायाको २०१० मे ३१, कामीको २०१० जुलाई २३, नेपालको २०१० डिसेम्बर २८, खवासको २०१० मे १९, लिम्बूको गत जनव १४ र विश्वकर्माको गत अप्रिल ५ मा मृत्यु भएको जनाइएको छ ।
कुवेतबाट एक जनाको शव स्वदेश पठाउन ३ सय ५० कुवेती डिनार (कबिर ९५ हजार रुपैया“) खर्च लाग्छ । दूतावासले ती महिलाको शव स्वदेश पठाउनका लागि ९ लाख रुपैयाँ निकासा गदिन वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई अनुरोध गरेको छ ।
ekantipur
0 commentaires