बन्दबाट काठमाडौ भक्तपुर र ललितपुरमा रहेका १५ सय निजि तथा तीनसय सामुदायिक बिद्यालयहरु बन्द।
काठमाडौं, ३० जेठ नेपाल शैक्षिक गणतान्त्रिक माचको आव्हानमा आज उपत्यकाको सामुदायिक तथा निजि बिद्यालयहरु बन्द भएका छन । समुदायिक तथा निजि बिद्यालयमा कार्यरत शिक्षकहरुलॆ राख्दखै आएको बिभिन्न पाँच बुँदे मागलाई सरकारले पूरा गराउन बेवास्था गरेको भन्दै गणतान्त्रिक माचले बिद्यालय बन्द आव्हान गरेको हो । शिक्षकहरुलाई नियुक्तिपत्र दिनुपर्ने नेपाल सरकारले तोकेबमोजिमको तलब सुविधा उपलब्ध गराउनु पर्ने अस्थाई शिक्षकहरुलाई प्रकि्रयागत रुपमा स्थाई गर्नुपर्ने द्धन्द्धकालमा विस्थापित भएका शिक्षकलाई पुनःबहालि गर्नुपर्ने लगायत पाँच बुँदे माग राखेर बन्द गरेको माचले जनाएको छ । बन्दबाट काठमाडौ भक्तपुर र ललितपुरमा रहेका १५ सय निजि तथा तीनसय सामुदायिक बिद्यालयहरु बन्द भएका छन । बन्दबाट उपत्यकामा अध्ययनरत आठ लाख ५० हजार बिद्यार्थी मारमा परेका छन ।
दैनिकी
0 commentaires