मदन भण्डारी राष्ट्रिय पुरस्कार कोषले पहिलोपटक प्रदान गर्न लागेको मदन भण्डारी राष्ट्रिय पुरस्कार सामाजिक परिवर्तनका प्रखर अभियन्ता मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अर्थात् ‘मह’ जोडीलाई प्रदान गर्ने निर्णय गरेको छ । यही असार ४ गते बसेको कोषको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । जनताको बहुदलीय जनवादको सिद्धान्तमार्फत् वामपन्थी आन्दोलनलाई नयाँ दिशा दिन र समाजको शान्तिपूर्ण रुपान्तरण, शोषित–पीडित जनताको अधिकार स्थापना गर्न मदन भण्डारीले गर्नुभएको योगदानलाई सम्मान गर्दै सो पुरस्कार स्थापना गरिएको कोषले जनाएको छ ।कोषले साहित्य, संस्कृति, कला, विज्ञान–प्रविधि र मानवतालगायतका माध्यमबाट योगदान पु¥याउने व्यक्त वा संस्थालाई रु एक लाख राशिको सो राष्ट्रिय पुरस्कार प्रदान गर्नेछ ।गत वैशाख ६ गते कोषद्वारा गठित मानवअधिकारकर्मी सुशील प्याकुरेलको संयोजकत्वमा वरिष्ठ लेखक गोविन्द भट्ट र मानवअधिकारकर्मी पुरुषोत्तम दाहाल सदस्य रहेको उपसमितिले प्रस्तुत गरेको प्रस्तावअनुसार महजोडीलाई यो पुरस्कार पहिलोपटक प्रदान गर्ने निर्णय भएको हो ।मदन भण्डारीको ६० औं जन्मजयन्तीका सन्दर्भमा यही असार १४ गते आयोजना गरिने समारोहमा राष्ट्रपतिले सो पुरस्कार प्रदान गर्नुहुने कोषका संयोजक प्रदीप ज्ञवालीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।
समाचार
»
महजोडीलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार
महजोडीलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार
Tags:
समाचार



0 commentaires