काठमाडौं, २९ जेठ नेपाल आयल निगमले पेट्रोलको भाउ प्रति लिटर पाँच रुपैयाँ बढाएको छ। अब पेट्रोलको भाउ प्रति लिटर १०२ रुपैयाँ पुगेको छ। निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आजदेखि लागू हुने गरी मूल्यवृद्धि गर्ने निर्णय गरेको हो। पेट्रोलको यो भाउ अहिलेसम्म कै बढी हो। ३ वर्ष अघि (२०६५ जेठ २७ गते) पनि पेट्रोलको भाउ एक सय रुपैयाँ पुगेको थियो। निगमले डिजेल, मट्टितेल र एलपीजी ग्यासको मूल्यमा भने कुनै हेरफेर गरेको छैन।
डिजेल र मट्टितेल ६८ रुपैयाँ ५० पैसा र एलपीजी ग्यास प्रति सिलिन्डर १ हजार ३२५ रुपैयाँ पर्छ।
मेचीकाली
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires