देव नारायण साह सिरहा , जेष्ठ २९ - हतियारधारी लुटेराहरुको एक समूहले कल्याणपुर जब्दी १ मा आइतवार राती ११ घरबाट १० लाख मूल्य बराबरको सामान लुटपाट गरेको छ ।
१५/२० जनाको सो हतियारधारी समूहले २:३० वजेदेखि एक घण्टामा १० घर लुटपाट गरेको स्थानीय रामजी मण्डलले बताए ।
स्थानीय श्याम माझी, रञ्जित माझी, रामअशिष मण्डल, राजकुमार मण्डल, शिवजी मण्डल, रघु मण्डल, शुक्राम मण्डललगयात ११ जनाको घर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । लुटेराहरुले उनीहरुको घरबाट सुनचादीको गहना, नगद, कपडालगायतका १० लाख मूल्य बराबरको सामान लुटेर लगेको पिडीतहरुले बताए ।
कल्याणपुरजब्दीस्थित इलाका प्रहरी र सशस्त्र प्रहरीलाई जानकारी गराएपनि समयमा नआएकोले १० परिवारको घरमा लुटेराहरुले लुटपाट गर्न सफल भएको स्थानीयबासीले गुनासो पोखे ।
ekantipur


0 commentaires