मृत व्यक्तिको प्रतिमा वनाउने परम्परालाई मोरङ लेटाङका मुर्तिकार नविन सुवेदीले तोडेका छन् । उनले राष्ट्रलाई योगदान दिने जिवित कलाकारहरुको प्रतिमा वनाएर नयाँ कामको थालनी गरेका छन् । पहिलोपल्ट नेपाली चलचित्रका महानायक राजेश हमालको पूर्णकदको प्रतिमा र कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गीतकार नवराज लम्साल, रेडियो उद्घोषक हेम सुवेदी र नाट्यकर्मी सुशील पोख्रेलको अर्धकदका प्रतिमा डेढ वर्षभित्रमा निर्माण गरिसक्ने लक्ष्य लिई कामको थालनी गरेका हुन् । कलाकारहरुको फोटो सेसनपछाडि अनुमति लिएर प्रतिमा बनाउन सुरु गरेको उनले बताए ।
नेपाली कलाकारको प्रतिमा नेपालमा नबनाइएको भन्दै ढुङ्गामा निर्मित जिउँदो कलाकारको यो नै पहिलो प्रतिमा भएको नविनले दावी गरे । महानायक राजेश हमालको प्रतिमा बैसाख महिनादेखि सुरु गरेको ३ महिना भित्र वनाई सक्ने कलाकार सुवेदीले जानकारी दिए । लेटाङ ७ फडानीका कलाकार सुवेदीले हमालको प्रतिमा वनाउन १ लाख २५ हजार रूपैयाँ खर्च हुने वताए। राजेश हमालको प्रतिमा हमाल सहभागी कार्यक्रममा प्रदर्शनी गर्ने सोच रहेको सुवेदीले बताए । सुवेदीले आफ्नै घरमा पारिजात, भक्तराज आचार्य, माधवप्रसाद घिमिरे आदिका प्रतिमा वनाएका छन् । नेताको प्रतिमा माग अनुरुप मात्र वनाउने उनले बताए । सुवेदीले बनाएका प्रतिमाहरु देशका विभिन्न स्थानहरुमा राखिएका छन् ।
purbelitimes

0 commentaires