काठमाडौं,जेष्ठ - उपप्रधानमन्त्री कृष्णबहादुर महराले गृह मन्त्रालयको जिम्मेवारी लिएलगत्तै भएको एसपीको सरुवा आइतबार औपचारिकरुपमै रद्द भएको छ ।गृह मन्त्रालयकोसमेत कार्यभार सम्हालेका प्रधानमन्त्री झलनाथ खनाल र तत्कालिन गृह सचिव गोविन्द कुसुमले हतारमा गरेको सरुवा प्रहरी मुख्यालयले रद्द गरेको हो । अब नयाँ प्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाहले सरुवाको सूचि तयार गर्ने छन् ।सरुवामा परेका ३० भन्दा बढी एसपीहरु काममा पुगिसकेका थिए । तर हतारमा गरेको सरुवा तीन दिनपछि नै उपप्रधान एवं गृहमन्त्री महराले रोकेका थिए । उनले 'हाललाई रवाना नगर्नु' भनी निर्देशन दिए पनि सरुवा कार्यान्वयन हुनेमा आशावादी एसपीहरु अन्ततः पुरानै कार्यक्षेत्रमा फर्कनुपर्ने भएको छ । महराले यसअघि नै समय नमिलेकाले एसपीको सरुवा बदर गरेको बताइसेका छन् । आफूले कार्यभर सम्हालिरहँदा प्रहरी अधिकृतहरुको सरुवा उपयुक्त नभएको उनको तर्क थियो ।
janakpurtoday
0 commentaires