पर्सा जेठ । काठमाडौँबाट आएको राजस्व अनुसन्धान गस्ती टोलीले गएराति वीरगन्ज उपमहानगरपालिका-१३ आदर्शनगरमा रहेको पिङ्की गुट्खा कारखानामा छापामारी रु ५० लाख बराबरको गुट्खा जफत गर्नुका साथै सञ्चालकलाई नियन्त्रणमा लिएको छ । गस्ती टोलीले कारखानामा छापामार्दा विभिन्न ब्राण्डका गुट्खा बरामद भएपछि सो कारखानाका सञ्चालक निरञ्जन अग्रवाललाई नियन्त्रणमा लिनुका साथै कारखानालाई शील गरिएको छ । राजस्व अनुसन्धान विभागका राजस्व निर्देशक बलराम रिजालको नेतृत्वमा आएको टोलीले सो कारखानामा छापा मार्दा करिब रु ३० लाखको विभिन्न ब्राण्डका अवैध गुट्खा र करिब रु २० लाखको गुट्खा बनाउने सामग्री बरामद भएपछि कारखानामा रहेका कागजपत्र लगायत नियन्त्रणमा लिइएको थियो । कारखानाले इजाजतबिना विभिन्न ब्राण्डको गुट्खा उत्पादन गरिरहेको सूचना पाएपछि कारखानामा छापामारिएको निर्देशक रिजालले बताउनुभयो ।टोलीले कारखानाबाट बरामद गरिएको कागजपत्र तथा सञ्चालक अग्रवाललाई राजस्व अनुसन्धान कार्यालय पथलैयामा राखी अनुसन्धानलाई अगाडि बढाएको छ । रासस
समाचार
»
छापाबाट ५० लाखभन्दा बढीको गुट्खा बरामद
छापाबाट ५० लाखभन्दा बढीको गुट्खा बरामद
Tags:
समाचार
0 commentaires