
काठमाडौ, अषाढ ९ - कुबेतमा नौ महिलादेखि शव बेवारिसे भएको समाचार सार्वजनिक भएपछि धरानबाट कृष्ण सेन्च्युरी बुधबार सम्पर्कमा आए ।मृत्यु भएकामध्ये अमृता सेन्च्युरीको नाम छोरीसँग मिलेकोले उनले चिन्तित हुँदै भने, 'मेरी छोरीको नाम पनि अमृता सेन्च्युरी हो । उनी हाम्रो सम्पर्कमा नआएको डेढ वर्ष भइसक्यो । कतै मेरी छोरी परिनन् ?'
कुबेतस्थित नेपाली दूतावासले अमृताको ठेगाना भने पत्ता लगाएको छैन । अन्य व्यक्तिको राहदानीमा फोटो टाँसेर आएका हुनाले मृतकको सही नाम, ठेगाना र निकटतम व्यक्तिबारे जानकारी पाउन कठिन भएकाले मृतक महिलाका आफन्तले सही सूचना पाउन सकेका छैनन् । यसले नाम मिलेका आफन्तहरूलाई तनावमा छन् ।
दूतावासले अमृताको मृत्यु २०१० मार्च १४ मा भएको जनाएको छ । 'हामीसँग अन्तिम पटक गत वर्ष पुस १० गते मात्रै सम्पर्कमा आएकी थिइन् । त्यसबेला बिरामी परेको खबर आएको थियो,' उनले भने, 'त्यसपछि सम्पर्क हुन सकेन ।' खोजी जारी राखे पनि अवस्था पत्ता लगाउन नसकेको उनले बताए ।
श्रीमान् कमलबहादुर विश्वकर्मा मलेसियाबाट नफर्केपछि ३० वर्षीया अमृता २०६६ असोज २९ गते कुबेत उडेकी थिइन् । 'ज्वाइँ १० वर्षदेखि मलेसियामै छन् । पैसा नपठाएकाले ऋण तिर्न सकिरहेकी थिइनन्,' उनले भने, 'ऋण तिर्न र छोरो पढाउन भनेर कुबेत गइन् । हामीले धेरै अनुरोध गर्यौं नजाऊ भनेर, तर मानिनन् ।'अमृताका १५ वर्षीय छोरा काकासँग बसेर पढिरहेका छन् । उनले अमृता हो कि होइन भनेर पुष्टि गर्न दूतावाससँग अनुरोध गरेका छन् ।
त्यस्तै उर्लाबारी, मोरङकी २२ वषर्ीया अम्बिका पौडेलका आफन्त उनलाई फरक राहदानीमा पठाइएको हुन सक्ने भन्दै चिन्तित छन् । उनी वर्षदिनदेखि नै सम्पर्कमा छैनन् । अम्बिका दिल्ली हुँदै कुबेत गएकी थिइन् । 'मृत्यु भएका व्यक्तिको सही विवरण नभएकाले हामीलाई शंका लागेको छ,' आफन्त टीकाप्रसाद दाहालले भने, 'परराष्ट्र मन्त्रालयमा फोटोसहित विवरण बुझाएका छौं । दूतावासबाट के उत्तर आउँछ ?'
टीका र कृष्णले दूतावाससमक्ष पठाएको फोटोको आधारमा मृतकको अनुहार हेरेर जानकारी दिन अनुरोध गरिएको छ । कुबेतको 'फरेन्सिक मेडिसिन' अस्पतालमा एक वर्षअघि मृत्यु भएका शान्ति सार्की, शान्ति दर्जी, अमृता सेन्च्युरी, सानुमाया कस्नी कामी, सबिना नेपाल, सरस्वती अवास, निलिमा योङहाङ लिम्बू र कविता विश्वकर्माको शव राखिएको छ । राजदूत मधुवन पौडेलले भने फोटो हेरेर मृतक महिलाको अनुहार पहिचान गर्न कठिनाइ हुने बताए ।
ekantipur


June 23, 2011 at 5:14 PM
Yastae ho desh garib cha rojgari kam cha dalali ra baemaniko. Sasan chalcha ke garnu ⁉
June 23, 2011 at 9:30 PM
hat ma kalam bh a kbe hunchn, kbe bh a kbeta, dhne mre sardhanjle, greb mre rmeta.