दरबार हत्याकाण्डको १० बर्ष पुग्यो

 हत्याकाण्डको सत्यतथ्य अझै सार्वजनिक भएन  
 काठमाडौं, १९ जेठ : आज जेठ १९ गते, अर्थात नेपाली राजनीतिको इतिहासमा कालो दिनका रुपमा सझैं सम्झना भइरहने राजदरबार हत्याकाण्ड भएको दिन । २०५८ साल जेठ १९ गते मध्येरातमा भएको अकल्पनीय हत्याकाण्डमा तात्कालीन राजा वीरेन्द्र, एश्वेर्य, युवराज दीपेन्द्रसहित राजपरिवारका ११ सदस्यको ज्यान गएको थियो । 
हत्याकाण्डलगत्तै तात्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा गठित उच्चस्तरीय छानविन समितिले घटनामा आफैं ज्यान गुमाएका तात्कालीन युवराज दीपेन्द्रको हात रहेको उल्लेख गरेको थियो । उक्त प्रतिवेदनको सत्यताप्रति जनता र कतिपय राजनीतिक दलले विस्वास गरेका छैनन् ।राजा वीरेन्द्रको वंशनाश भएको घटनाको दस वर्ष बित्दासमेत हत्याकाण्डबारे पत्यार लाग्दो थत्य बाहिर अझै बाहिर आउन सकेको छैन ।खासगरी तात्कालीन समयमा जनयुद्ध सञ्चालन गरिरहेको नेकपा माओवादी र मुलुकको ठूलो जनमतले हत्यामा वीरेन्द्रका माइला भाई ज्ञानेन्द्र र उनको छोरा शाहज्यादा पारसको हात रहेको आरोप लगाएका थिए ।हत्याकाण्डगत्तै राजगद्धीमा बस्न सफल भएका ज्ञानेन्द्रले ०६२-०६३ को संयुक्त जनआन्दोलनको सफलतापछि भएको संविधानसभाको पहिलो बैठकले ०६५ जेठ १५ गते गणतन्त्र घोषणा गरेलगत्तै दरवार छोडेका थिए ।दण्डहीनताको मुख्य केन्द्र राजदरवार रहेको बताउने एकीकृत नेकपा माओवादीले संविधानसभा निर्वाचनमार्फत पहिलो ठूलो दलका रुपमा स्थापित भएर सरकारको नेतृत्व गरेपछि पनि दरवार हत्याकाण्डको स्वतन्त्र छानविन गर्ने बारे चासो दिएको छैन ।माओवादीले हत्याकाण्डलगत्तै परम्परागत राजतन्त्रको विधिवत अन्त्य भएको निष्कर्ष निकाल्दै गणतन्त्रको संस्थागत विकासमा लाग्नुपर्ने बताएको थियो ।कतिपय राजनीतिक विश्लेषकहरुले २ सय ३६ वर्षसम्म एकछत्र राज गरेको राजतन्त्र अन्त्य हुनुमा दरवार हत्याकाण्ड प्रमुख कारण रहेको बताउँदै आएका छन् ।हत्याकाण्डपछि २०४६ सालको संविधानले दिएको संवैधानिक राजतन्त्रको दायरा नाघेर एकाएक सक्रिय भएका ज्ञानेन्द्रको कार्यशैलीका कारण संवैधानिक राजतन्त्रलाई आदर्श मान्दै आएका नेपाली कांग्रेस र नेकपा एमालेलगायतका दलहरु गणतन्त्र प्राप्तिका लागि जनयुद्धमा रहेको माओवादीसँग १२ बुँदे समझदारी गर्न पुगेका थिए ।सोही समझदारीका आधारमा भएको दोस्रो जनआन्दोलनले नेपालमा राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गरेको हो ।



source:-mechiklai     
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login