वीर अस्पतालका चिकित्सकले आज काम नगर्ने

अदालतमा उपस्थित हुनुपर्ने निहुँ- 
काठमाडौ, जेठ २४ -चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स अन्तर्गत वीर अस्पतालमा कार्यरत रेजिडेन्ट चिकित्सकहरूले मंगलबार काम नगर्ने भएका छन्। रेजिडेन्टले सेवा पुर्‍याउन नसक्ने बताएपछि वीर अस्पतालको अधिकांश सेवा प्रभावित हुने भएको छ।      रेजिडेन्ट एसोसियसन अफ न्याम्स (र्‍यान)ले सबै सदस्यहरू अदालत जानुपर्ने भएकोले अदालती प्रक्रिया नसिकिन्जेलसम्म अस्पतालको दैनिक कामकाजमा उपस्थित हुननसक्ने जानकारी अस्पतालका विभिन्न विभागलाई गराएका छन्। अस्पतालमा २ सय १० रेजिडेन्टले काम गर्छन्। सेवा नरोक्न स्वास्थ्य मन्त्रालयमा अबेरसम्म वार्ता भएपनि सफल भएन। यसअघि उनीहरूले गरेको तालाबन्दीका कारण सेवा प्रभावित भएको भन्दै सर्वोच्च अदालतले ताला खोलेर २४ गते अदालत हाजिर हुन आदेश दिएको थियो। अदालत स्वास्थ्य सेवा बन्द हुने कुनै पनि क्रियाकलाप नगरी अदालत हाजिर हुन आदेश दिएकोमा उनीहरू त्यही आदेशमा टेकेर सेवा प्रभावित पारेका छन्। सबै रेजिडेन्ट अदलत जाने जानकारी सहितको पत्र उनीहरूले अस्पतालका सबै विभागमा बुझाएका छन्।  एक महिना भन्दा बढी समयसम्म विभिन्न मागसहित बन्द गरिएको ताला खुल्ने आदेशपछि असन्तुष्ट डाक्टरहरूले यस्तो निर्णय लिएका हुन्। ‘पदाधिकारी गए मात्रै पनि हुने अवस्थामा सबै जान्छौ भन्नु सेवा बन्द गरेर रिस पोख्ने नीति हो' अस्पताल स्रोतले भन्यो।  भर्ना हुने समयमा नै विद्यार्थी अस्पतालमा रहेका कुनै पनि विषयलाई लिएर हड्ताल गर्दिन भन्ने प्रतिबद्धता गर्नुपर्छ। तर, प्रत्येक वर्ष विभिन्न स्वर्थ समूहको प्रभावमा परेर र्‍यानसम्बद्ध चिकित्सकहरू सेवा प्रभावित गर्ने गरेका छन्। उनीहरू पछिल्लोपटक गत चैतदेखि विभिन्न माग अगाडी सार्दै आएकोमा प्रशासनले वार्तामा बोलाएकै दिन वार्ता नआइ न्याम्स प्रशासनमा ताला लगाएका थिए। पछि प्रशासनले उनीहरूका अधिकांश माग पूरा गर्ने सहमति जनाउँदा पनि उनीहरूले ताला खोल्न आनाकानी गरेपछि अदालतमा उजुरी परेको थियो।   अस्पतालले पुर्‍याउने अधिकांश शल्याक्रिया, ओपिडी र इन्डोर सेवा उनीहरूले नै पुर्‍याउँछन्। वीर अस्पतालका आकस्मिक विभाग प्रमुख डा.डिपी सिंहले अस्पतालले पुर्‍याउने अधिकांश सेवा रेजिडेन्ट निर्भर हुने भन्दै उनीहरू काममा नआए सेवा प्रभावित हुने बताए।  ‘आकस्मिक सेवामा प्रत्यक्ष असर पर्न दिदैनौ, तर, विरामी भर्ना गर्ने, विभिन्न विभागमा ड्युटी खटाइअनुसारका डाक्टर नहुँदा इर्मजेन्सी सेवामा पनि असर पर्छ।' डा.सिंहले भने। अस्पतालमा आकस्मिक बाहेक दैनिक झण्डै २५ शल्याक्रिया हुने गर्छन्। त्यस्ता शल्याक्रिया रेजिडेन्ट विना असंभव जस्तै हुन्छ।  चैतको अन्तिम साता मन्त्रालयले ६ सय जनाको काज सरुवा गरेपछि न्याम्स अर्न्तगत अर्थोपेडिक्स र सर्जरीका प्राध्यापकको पनि काज फिर्ता भएपछि पढन पाठनलाई अप्ठेरो पर्ने भन्दै यसैलाई प्रमुख माग बनाएर आन्दोलन थालेका थिए। त्यसको एक सातामै मन्त्रालयले निर्णय सच्यायो तर र्‍यानले ताला खोलेन। सो लगतै तालाबन्दीका कारण ट्रमा सेन्टर हस्तान्तरण ढिला भएको अस्पतालले पुर्‍याउने निशुल्क सेवा प्रभावित भएको भन्दै अदालतमा उजुरी परेको थियो।

nagriknews



Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login