रामदेवविरुद्ध राजद्रोहको अभियोगमा मुद्दा दायर

आज उनले सम्पति सार्वजनिक गर्ने- पटना, जेठ २६ (एजेन्सी)- सशस्त्र मिलिसिया गठन गर्ने अभिव्यक्ति दिएको भन्दै सत्तारुढ कांग्रेसका एक नेताले आज बिहारको अदालतमा योगगुरु रामदेव र उनका सहयोगी आचार्य बालकृष्णविरुद्ध राजद्रोहको अभियोगमा मुद्दा दर्ता गरेका छन्।  विनयकुमार सिंहले पटना सिभिल कोर्टमा मुद्दा दर्ता गरेका हुन्।      रामदेवले बुधबार ११ हजार जनाको सशस्त्र फौज निर्माण गर्ने घोषणा गरेका थिए। ४० वर्षमुनिका पुरुष-महिला रहने संगठनका सदस्यलाई हतियार चलाउने तालिम दिइने उनले बताएका थिए। आवश्यक परे ११ लाखको फौजी संगठन तयार पार्ने उनको भनाइ थियो। उनको भनाई गैरकानुनी रहेको जिकिर रिटमा गरिएको छ।  रामदेवले बिहीबार भने आफ्नो भनाईको प्रतिरक्षा गरेका छन्। उनले माओवादी वा आतंकवादीलाई प्रशिक्षण दिन लागेको नभएर राष्ट्रवादीहरुलाई प्रशिक्षण दिन लागेको बताए। 'प्रयोग गरिएका शब्दको सन्दर्भ बुझ्नुपर्छ,' रामदेवले भने, 'मैले यस्तो फौज बनाउने कुरा गरेको हुँ जसले कसैलाई पिट्ने छैन र कसैबाट पिटाइ पनि खाने छैन। सौर्य बारे कुरा गर्दा के हानी वा गल्ती हुन्छ ?'  सम्पति सार्वजनिक गर्दै- आफू मातहतका फर्म र ट्रस्टको पारदर्शितामा सवाल उठ्न थालेपछि रामदेवले आज आफ्नो सम्पति सार्वजनिक गर्ने भएका छन्। उनको ११०० करोडको साम्राज्य अहिले आयकर विभागको अनुसन्धानमा परेको छ। ३० भन्दा बढी कम्पनी उनी मातहत छ। अधिकांश कम्पनीका निर्देशक आचार्य बालकृष्ण छन्।  बालकृष्णले पतन्जली योगपिठ र आफ्ना सबै कम्पनीहरुको आर्थिक विवरण बिहीबार सार्वजनिक गर्ने र त्यसलाई आफूहरुको वेबसाइटमा पनि अपलोड गर्ने बताए। 

नागरिक


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login