ढिकीदैलेखको सिंगासैन छेपाडीका महिला आफ्नै घरको ढिकीमा मकै कुट्दै । कुटानी गर्ने साधन नहुँदा यहाँ ढिकीको प्रयोग गरिने गरेको छ । तस्वीरः अमर सुनार
गुलाब जामुन खाने पाकिस्तानको कराची सहरको सडकमा गुलाब जामुन बेच्ने १२ वर्षका नइम। उनले दिनमा करिब ३ सय पाकिस्तानी रुपैयाँ (साढे तीन अमेरिकी डलर बराबर) कमाउँछन्। तस्बिरः रोयटर्स
खाल्डोभित्र ट्रक चीनको जिलिन प्रान्तस्थित चाङ्गचुन नदीको पुलको एक अंश भत्किएर बनेको खाडलमा ट्रक खसेपछि। घटनामा ट्रकका दुई यात्रु घाइते भए। तस्बिरः रोयटर्स
साँच्चिकै हैन, खेलौना पाँच किलो वजन भएको, कपाल कोरेको र आँखा चिम्लेको साँच्चिकै झैँ देखिने यस्तो खेलौना लन्डनमा आफ्नो बच्चाको निधनको शोकमा रहेकी आमाहरुले किन्ने गरेका छन्। तस्बिरः एएफपी
बसिवियालो वीरगञ्ज चिनी मिल नजिक एक डोम परिवार। ठूलो भएपछि दाइजो बढी दिनुपर्ने चलनका कारण यो समुदायमा बालबालिको सानैमा विहे गर्ने चलन छ। तस्बिर : उपेन्द्र लामिछाने
चिनियाँ मोह चिनियाँ पर्यटक लोभ्याउन दक्षिण चीनको चुहाईमा आयोजना गरिएको दुई दिने नेपाल मेलामा चिनियाँ युवा नेपालको राष्ट्रिय झन्डाका साथ तस्बिर खिचाउँदै। तस्बिर : पूर्ण बस्नेत
0 commentaires