सभासदहरूको विजोग सुताइ

काठमाडौ, जेष्ठ १५ -   संविधानसभाको म्याद थप्न दलहरूका शीर्ष नेता वार्ता र छलफलमा व्यस्त भइरहँदा अरू सभासदले कसरी समय बिताए ?   केही सभासद क्यान्टिन र चउरमा चियागफमा थिए त केही खुल्ला चउर र विभिन्न कोठामा मस्त निद्रामा ।   शनिबार बिहान सवा ११ बजे निर्धारित समयभन्दा १४ घन्टा ढिलो गरी बैठक त सुरु भयो तर आधा घन्टा बसेर पौने १२ बजे १५ मिनेटका लागि सभामुख सुवास नेम्वाङले स्थगित गरे । १५ मिनेटमा -अर्थात्् १२ बजे) बैठक सुरु हुन नसकेपछि दिनभरि लखतरान सभासद बैठक कक्ष र संविधानसभाका विभिन्न हलमा मस्तसँग निदाइदिए ।    'बैठक बस्ने घोषणा भएकाले घर फर्किन मिलेन,' एक सभासदले कान्तिपुरसित भने, 'थकित भएकाहरू छिनभरमै निदाइएछ ।'  संविधानसभा बैठक कक्षका कुर्सी, सभासद प्रवेश गर्ने द्वारनजिकैको सानो हल, लबी, ल्होत्से हललगायत स्थानमा धेरै सभासद निद्रामा मस्त थिए । हुन त, व्यवस्थापिका संसद््को बैठक बिहान ८ बजे नै डाकिएको थियो र सभासद तोकिएकै समयमा संविधानसभा भवन पुगिसकेका थिए ।   'बैठक कुर्दाकुर्दै थाकियो,' माओवादी सभासद अक्कलबहादुर थिङले भने, 'अलि/अलि आराम त गर्नैपर्‍यो नि ।' आराम गर्दागर्दै केही सभासद कुर्सीमै निदाएका थिए ।   संविधानसभा भवनको ल्होत्से हलमा सभासदमात्रै होइन, कतिपय मन्त्री पनि भुइँमै निद्रामा थिए । १५ मिनेटमा बस्ने भनिएको बैठक सवा साढे तीन घन्टापछि सवा तीन बजे बसेको थियो ।   सवा तीन बजे बैठकका लागि जनाउ घन्टी बजेपछि विभिन्न कक्ष र हलहरूमा सुतेका सभासद हतारहतार बैठक कक्षमा भित्रिए । दोस्रो बैठक १५ मिनेट चल्यो । १५ मिनेटको बैठकपछि आधा घन्टाका लागि स्थगन गरियो । फेरि उनीहरू पुगे उसरी नै निदाउन । 


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login