शिखरबाट वाषिर्क अढाई अर्ब


काठमाडौ, जेष्ठ १५ - नेपाललाई विश्वमा चिनाउने सर्वोच्च शिखर सगरमाथाले वाषिर्क करिब साढे दुई अर्बभन्दा बढी आम्दानी गर्ने गरेको छ । सगरमाथा आरोहण र यस क्षेत्रको पदयात्रामा पर्यटकले गर्ने खर्च तथा सरकारलाई बुझाउने रोयल्टीका आधारमा यो रकम निकालिएको हो । 


पर्यटन उद्योग महाशाखाका अनुसार यस वर्ष सगरमाथा आरोहणका लागि झन्डै १ सय ५० जना विदेशीले करिब १६ करोड ४४ लाख रुपैयाँ सलामी दस्तुर बुझाएर अनुमति लिएका छन् । आरोहणमा जाने व्यक्तिले औसत ३० हजार अमेरिकी डलर खर्च गर्ने आँकलन व्यवसायीको छ । यसअनुसार यी पर्वतारोहीले करिब ३२ करोड रुपैयाँ खर्च गरेका छन् । 



'पर्वतारोहीले आन्तरिक हवाई भाडा, होटल, भरिया र आवश्यक उपकरणमा करिब ३० हजार डलर खर्च गर्छन्,' पर्वतारोहण संघका पूर्वअध्यक्ष आङ्गछिरिङ्ग शेर्पाले भने । पर्वतारोहणका लागि वसन्त ऋतु उपयुक्त मानिन्छ । थोरै आरोही शरद ऋतुमा पनि आरोहणका लागि जाने गरेका छन् । 



संसारकै उत्कृष्ट गन्तव्य सगरमाथा क्षेत्रमा वाषिर्क करिब ३० हजार विदेशी पदयात्राका लागि निस्कन्छन् । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल -टान) का अनुसार एक पदयात्रीले औसत १ हजार डलर -करिब ७२ हजार रुपैयाँ) खर्च गर्छन् । यसअनुसार पदयात्रामार्फत करिब २ अर्ब १६ करोड रुपैयाँ आर्जन हुने देखिन्छ । वर्षको ६ महिना सगरमाथा क्ष्ाेत्रमा पदयात्राको लागि उपयुक्त मानिन्छ । 



सगरमाथा आरोहणका लागि आउने पर्यटक संख्या बढाउने खालको नीति/नियम अभावमा यसबाट हुने आम्दानी बढ्न नसकेको शेर्पाले बताए । 'समन्वय अभावले पर्यटकमैत्री काम हुन सकेको छैन,' उनले भने, 'यस्तोमा अहिले भइरहेको आम्दानीलाई राम्रै मान्नुपर्छ ।' पर्यटन क्ष्ाेत्रबाट २०६५/६६ मा २७ अर्ब रुपैयाँ आर्जन भएको थियो । 



सगरमाथा आरोहण गर्ने एउटा टोलीबाट त्यसको व्यवस्थापन जिम्मा पाएको एजेन्सीले ५ हजार अमेरिकी डलर -तीन लाख ६० हजार रुपैयाँ)  आम्दानी गर्छ । त्यस्तै सम्पर्क अधिकृतका लागि टोलीले छुट्टै दुई हजार डलर -एक लाख ४४ हजार रुपैयाँ) तिर्नुपर्छ । त्यसबाहेक आरोहणका क्रममा भरिया, खाना पकाउनेका लागि आरोहीले गर्ने खर्चका कारण सगरमाथाले धेरैलाई रोजगारी दिन भ्याएको छ । 



सगरमाथामा अझै बढी पर्यटक तान्न र अरू मौसममा पनि आरोहण टोली बढाउन सरकारले एकद्वार प्रणाली अपनाउनुपर्ने शेर्पाको भनाइ छ । 'पर्वतारोहणका लागि नीति नियम बनाउन पर्यटन, गृह र वनलगायतका मन्त्रालय धाउनुपर्छ,' उनले भने, 'यस्तोमा कुनै एकले मानेको कुरा अर्कोले मान्दैन । जसले गर्दा सहज बनाउन खोजिएका प्रक्रिया त्यसै छन् ।' 



सन् १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । तर व्यावसायिक रूपमा सरकारले सलामी दस्तुर लिएर अनुमति दिने प्रक्रिया भने सन् १९८० देखि सुरु भएको हो । 



यो मौसममा नेपाली र विदेशी गरी ३ सय आरोहीले सगमाथा चुचुरो टेकेको महाशाखाले जनाएको छ । जसमध्ये १ सय ३० विदेशीले आरोहण पूरा गरेका छन् । तर हालसम्मको तथ्यांकअनुसार सन् २००८ मा सगरमाथामा सबैभन्दा बढी आरोहण टोली पुगेका थिए । त्यतिबेला ३७ टोली -करिब २ सय ५० विदेशी) थिए ।

Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login