मधेसी मोर्चा बलियो हुँदै


काठमाडौं, जेष्ठ १३ - संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा टुक्रिएर बनेका दुई नयाँ दल पनि सहभागी भएका छन् । मोर्चामा सहभागी दलको संख्या अब पाँच पुगेको छ ।
मोर्चामा तराई मधेस लोकतान्त्रिक पार्टीबाट टुक्रिएर बनेको तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल र मधेसी जनअधिकार फोरमबाट टुक्रिएर बनेको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) पनि सहभागी भएका छन् । मोर्चामा यसअघि तमलोपा, फोरम लोकतान्त्रिक र सदभावना पार्टीमात्र थिए ।
दुई दल थपिएपछि मोर्चाको पहिलो बैठक शुक्रबार नै बसेको छ । बैठकले मधेसी दलबिना ठूला तीन दलले गरेको निर्णय स्वीकार नगर्ने निर्णय भएको फोरम लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छदारले जानकारी दिए ।
मोर्चाले बहुलवादी संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान निर्माणको प्रतिबद्घता र अठोट आउनुपर्ने, राष्ट्रिय सहमतिको सरकार निर्माण गरी अघि बढ्नुपर्ने, लडाकु समायोजन र हतियार व्यवस्थापन, समग्र मधेस स्वायत्त प्रदेशको स्थापनाको प्रतिबद्धता, सेनामा मधेसी समुदायको समूहगत प्रवेशलगायतका माग अघि सार्दै आएको छ ।


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login