आन्दोलको फरक स्वरुप घरघरबाट शंक र घण्ट लिएर सडकमा

  दमक जेठ १२ गते  आन्दोलन पनि आ आफ्नै किसिमका ।कोहि आन्दोलनमा खुकुरी भाला लिएर सडकमा उत्रिएका हुन्छन् भने कसैले टायर बालेर बिरोध जनाउछन् ।  झापाको दमकको गणतन्त्र चौक जुन सुकै समुहको आन्दोलनको केन्द्र बिन्दु हो ।यहाँ दैनिक तीन वटा सम्म आन्दोलनका कार्यक्रमहरु हुने गर्छ ।  शुक्रबारको आन्दोलन फरका किसिमको रहयो यहाँ ।आन्दोलनकारीहरुको हातमा नँ बाँसको लौराहरु रहेका थिए नत कुनै प्रकारका हातहतियार नै उनिहरुले बोकेका थिए ।  उनिहरुको हातमा शंक,घण्ट र साथमा चामल कुटेर बनाइएको पिठो लिएर सडकमा उत्रिए ।  यसको पनि आफ्नै अर्थ रहेको यसका नेताहरु बताइरहेका थिए ।सरकारमा बसेकाहरुले र ठुला नेताहरुले आफुहरुले राखेका माग नसुनेका कारण कान खुलेर सुन भनेर शंक घण्ट बजाइएको हो ।  शुक्रबार झिसमिसे बिहानमा पुर्व पश्चिम राजमार्गमा पर्ने दमकको मुख्य चौकको सडक अर्थात गणतन्त्र चौकको मध्य भागमा शंक र घण्ट बजाउदै ब्राह्मणहरुले बेदको ध्वनीका साथ चामलको पिठोले सडकमा रेखि हाले ।  खस ब्राहमण तथा क्षेत्री समाजले आफुहरुलाइ आदिबासिमा सुचिकृत गर्न माग गर्दै  आयोजना गरेको पुर्व बन्द र उनिहरुले गरेको आन्दोलनको एउटा नयाँ शैली यहाँ देखियो ।  निक्कै ठुलो आकृतीको रेखि हालेर त्यहा खस ब्राह्मण र क्षेत्री एक हौ भन्ने नारा समेत लेखिएको छ ।  दिनभर पुर्वपश्चिम राजमार्गको बिचमा पिठोले लेखिएको उक्त नारा माथिबाट कसैले कुनै प्रकारको सवारी साधन चलाएनन् भने बनाइएको रेखि पनि बेलुका सम्म जस्ताको त्यस्तै रहयो ।  झापाका प्रमुख बजारहरु बिर्तामोड,काकडभिट्टा ,केर्खा लगायतका ठाँउहरुमा पनि आन्दोलन फरक फरक किसिमका रहे । खस ब्राह्मण र क्षेत्रीहरुले आफ्नो परम्परागत रितिरिवाज र सस्कृती झल्कने गतिबिधिहरु सडकमा प्रदर्शन गरेर आफ्ना मागहरुलाइ अघि सारे ।  खस ब्राहमण समाजका केन्द्रिय उपाध्यक्ष भबकृष्ण खतिवडाका अनुसार कतै बेद बाँचन भयो भने कतै कतै सडकमा नै धार्मिक अनुष्ठानहरुको समेत आयोजना गरियो ।  सडकमा कतै सङ्गीनी खेलिएको थियो भने कतै भजन किर्तन गरेर बन्दकर्ताहरु सडकमा बसेका थिए ।  सडकमा हिडने बटुवाहरुले रमाइलो मानेर बन्दको नयाँ स्वरुपलाइ नजिकबाट नियाल्दै हिडेका थिए ।  खस ब्राह्मणको धर्म सस्कृती र परम्परालाइ राज्यले उपेक्षा गरेको तथा यी जातीलाइ अन्य जाती भनेर अपहेलना गरेकाले आन्दोलन गर्नु परेको समेत उहाँले बताउनु भयोे ।  आफ्नो बेग्लै इतिहास,धर्म सस्कृती,रितिरिवाज र चालचलन भएको जातिलाइ आदिबासि भनिदै आएको र खस ब्रमह्मण तथा क्षेत्रीको पनि आफ्नै रितिरिवाज र सस्कृती रहेको राज्यलाय देखाउन खोजीएको समेतट उहाँको भनाइ छ ।  अहिले आफ्ना माग राख्दै शंक र घण्ट लिएर सडकमा आफुहरु उत्रिएको र राज्यले अझै पनि उपेक्षा गरे घरमा भएको हातहतियार लिएर निस्कने खस ब्रह्मण समाजका बरिष्ठ केन्द्रिय सल्लाहाकार नन्दी अधिकारी बताउनु हुन्छ । बिहिबार झापाका सबै गाबिस र तीन वटै नगरपालीकामा खस ब्राह्मणहरुले शंक,घण्ट सहितको ¥याली निकालेर प्रदर्शन गरेका थिए ।उनिहरुले जातीय राज्य हुनु नहुने र जातीय आरक्षण खारेजीको माग समेत राखेका थिए । 
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login