कस्ता थिए अन्य देशका संविधानसभा ?

भारतमा संविधानको मस्यौदा, संविधानसभाको केही बैठकबाट ३ सय ९५ धारा ९ अनुसूचीलाई अन्तिम रूप दिइयो । २ वर्ष ११ महिना ११ दिनमा भारतको पहिलो संविधान निर्माण पूरा गर्ने काम भयो ।  पाकिस्तानमा १९५४ मा संविधानसभा हुन नसकेकाले गुलाम मोहम्मदले संविधानसभाको विघटन गरे । क्यानडाको संविधान निर्माण गर्ने सम्मेलनमा १२ अतिथि, नयाँ ब्रुन्स्िवकबाट ७ जना, नोभा स्कोटियाबाट ५ जना, पि्रन्स एडवार्डबाट ७ जना र न्युफाउन्डल्यान्डबाट २ जना प्रतिनिधिले प्रतिनिधित्व गरे पनि सबैको समान मतको महत्त्व थियो । इटालीमा संविधानसभा भएकै दिन एक उम्मेद्वारका लागि मतपत्र र अर्को राजतन्त्र राख्ने वा नराख्ने मतपत्र खडा गर्ने काम भयो । ५४ दशमलब ३ प्रतिशतले इटाली गणतन्त्रमा जाने गरी मत दिए । १९९३ मा पोल्यान्डको संसद् सेनेट र सेजिमको निर्वाचन भएपछि अपि्रल २, १९९७ मा संविधान पारित भयो । उक्त संविधानलाई जनमतसंग्रहमा समेत लगी अनुमोदन गर्ने काम भयो ।
भारत 
भारतको संविधान निर्माण गर्ने संविधानसभालाई एक अंगका रूपमा लिइन्थ्यो । भारतमा जम्माजम्मी ३६ महिना संविधान निर्माणमा खर्चिनुपरेको थियो । यसको कारण महात्मा गान्धीको हत्या र मुस्लिम लिगको अनुपस्थिति नै हो । यसबाट ठूलो संकट पनि पैदा भयो र भारतको स्वतन्त्रतामा पनि ढिलाइ हुन गयो । भारतको स्वतन्त्रता र भारतीय संविधानको निर्माणको सफलता संविधानसभाको सदस्यहरूको दुरदृष्टि, उद्देश्यमाथिको एकता, इमानदारी तथा साहस नै हो ।
भारतीय संविधानसभाको सुरुको बैठक सन् १९४६ को डिसेम्बर ९ तारिखमा भएको थियो । संविधानसभाको स्थायी अध्यक्षमा सन् १९४६ को ११ डिसेम्बरमा डा. राजेन्द्रप्रसाद निर्वाचित भएका थिए । सन् १९४६ डिसेम्बर १३ तारिखमा पण्डित नेहरूले संविधानसभाको उद्देश्य तथा लक्ष्यमाथि जोड दिएका थिए, जसलाई सन् १९४७ को २२ जनवरीमा पास गरिएको थियो । त्यसमा भनिएको थियो कि, त्यहाँ एउटा स्वतन्त्र, अभिभाज्य सार्वभौम गणराज्य हुनेछ । स्वतन्त्रता, समानता र न्यायको प्रत्याभूति सबै अल्पसंख्यीय, पिछडिएका जाति, जनजातिलाई दिलाइनेछ । सरकार जनताको बनाइनेछ ।
संविधानसभामा जम्माजम्मी १५ समिति रहेका थिए । त्यसमध्ये ८ मुख्य समिति थिए । सन् १९४६ को जुलाईमा विशेषज्ञको समिति बनाइएको थियो, जसमा जवाहरलाल नेहरूलाई समितिको अध्यक्ष बनाइएको थियो । उक्त समितिले क्षेत्रीय संविधान, संघको संविधानको क्षेत्रबारेमा सामग्री तयार गर्ने, दोहोरिएको कुरालाई हटाउने आदि काम गथ्र्यो । सन् १९४७ को अगस्ट २९ मा संविधानसभाले मस्यौदा समिति नियुक्त गर्‍यो । जसले संवैधानिक सल्लाहकार समितिले तयार गरेको संविधानलाई जाँचबुझ गर्ने काम गर्‍यो । संविधानको मस्यौदा सन् १९४८ को फेब्रुअरीमा मस्यौदा समितिले तयार गरेको थियो । त्यो मस्यौदालाई प्रकाशित गरियो । यसका प्रतिलिपिहरू संविधानसभाका सदस्यहरू, मन्त्रीहरू, क्षेत्रीय सरकारहरू, प्रान्तीय संसद्हरू, अदालतहरू, संघात्मक अदालतहरू र उच्च अदालतहरूमा सुझाब र अध्ययनका लागि पठाइएको थियो । पछि संविधानको मस्यौदालाई अन्तिम रूप दिन विशेष समिति नियुक्त गरियो । जे भए पनि सबै क्षेत्रबाट आएका आलोचनालाई परीक्षण गरी पहिलो तहमा साधारण सिद्धान्तहरू, अक्षर र सम्पूर्ण कुरालाई छलफलमा ल्याइयो । सबै संकलन गराएर संविधानको तयारी सन् १९४९ को अक्टुबरमा भयो । संविधानको मस्यौदा, संविधानसभाको केही बैठकबाट ३ सय ९५ धारा ९ अनुसूचीलाई अन्तिम रूप दिइयो । यो मस्यौदालाई संविधानसभाले नोभेम्बर ३, १९४९ मा राष्ट्रसमक्ष पेस गरेको थियो र सन् १९४९ नोभेम्बर २६ तारिखमा यसलाई स्वीकार गरियो । केही प्रावधान तत्काल लागू भए भने केही सन् १९५० को २७ जनवरीमा लागू गरिए । संविधानसभाको ११ अधिवेशन भए । २ वर्ष ११ महिना ११ दिनमा भारतको पहिलो संविधान निर्माण पूरा गर्ने काम भयो ।

अमेरिका
सन् १७७४ को फिलाडेल्पिmयाको सम्मेलनद्वारा सर्वप्रथम महाद्विपीय कांग्रेसलाई आमन्त्रित गरियो । त्यस कांग्रेसले अमेरिकी शासनमा अंग्रेजी शासनबाट पूर्ण रूपले स्वतन्त्रता प्राप्त गर्ने प्रयास गर्‍यो । फलस्वरूप सन् १७७६ मा अमेरिका स्वतन्त्र राज्यका रूपमा घोषित भयो । त्यसपछि सन् १९७७ को नोभेम्बर १५ तारिखमा त्यस कांग्रेसले एकराज्य मण्डल स्थापना गर्नका निमित्त एउटा संविधानको मस्यौदा तयार पार्‍यो । जसलाई सन् १७८१ मा १३ वटा राज्यहरूले स्वीकृति दिए । त्यो संविधानले देशको आवश्यकीय सर्तहरू पूर्ति गर्न सकेन । त्यसपछि सन् १७८५ र १७८६ मा अमेरिकी व्यापारीहरूले विभिन्न सभा सञ्चालन गरेका थिए । फलस्वरूप सन् १७८७ मा फिलाडेल्पिmयाको सम्मेलनद्वारा शक्तिशाली केन्द्रीय संघको स्थापना गर्न एक संविधानको निर्माण गरिएको थियो, जसलाई अमेरिकी संविधान भनिन्छ । यो संविधानलाई आज पनि जीवित संविधान भनिन्छ ।
अमेरिकाको १२ राज्यका प्रतिनिधिहरूको उपस्थितिमा १७८७ को फिलाडेल्पिmया सम्मेलनले अमेरिकाको संविधानको निर्माण गरेको थियो । अन्तिम मस्यौदामा ३९ जना प्रतिनिधिले हस्ताक्षर गरेका थिए । सुरुमै संविधानसभाले कसरी संविधानको निर्माण गर्ने भन्ने कुरामा कार्यविधिको नियम बनाउन एउटा समिति नियुक्त गरेको पाइन्छ । उक्त कार्यविधिको नियमबमोजिम प्रत्येक ठूलो वा सानो राज्यको एउटा मतको अधिकार रहने र निर्णय बहुमतको हुने थियो । सबै सदस्य राज्यलाई प्रश्न सोधी छलफल गराई मत हाल्न लगाइन्थ्यो । मतदानमा बहुमत भएमा संविधानसभाले प्रस्ताव गरेको विषयवस्तु पारित भएको मानिन्थ्यो । मतकै विषयलाई लिएर २९ जुन १७८७ मा नयाँ संविधानका प्रावधान सम्मेलनमा छलफलका लागि प्रस्ताव गरियो र के भनियो भने 'प्रत्येक राज्यको माथिल्लो संघात्मक सदनमा समान मत हुनुपर्दछ' तर साना राज्यले यो प्रस्ताव स्वीकार गरे भने ठूला राज्यको त्यहाँ मत बाँडियो । ५ राज्यका मत सकारात्मक थिए भने ५ नकारात्मक र एक विभाजित भएको थियो । विभाजित राज्य जर्जिया थियो । जुन राज्य सानो थियो । परिणाम सम्मेलनमा सहजकर्ता समिति नियुक्त गरियो । त्यो समितिले संघात्मक प्रतिनिधिसभामा जनसंख्याका आधारमा र राष्ट्रियसभाका लागि प्रत्येक राज्यबाट समान मत हुने व्यवस्थाको सिफारिस गर्‍यो । समान मत हुने कुरामा ठूलो मतभेद भएपछि सहमतिमा छाडियो । पछि संघात्मक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट संविधानसभाको निर्माण भएको थियो । २५ मे, १७८७ मा अमेरिकामा संविधानसभाको सम्मेलनले मस्यौदा तयार गरी २५ मे १७८७ मा फिलाडेल्पिmयामा सम्मेलन गर्नुको मुख्य उद्देश्य संविधानसभाको अध्यक्ष चुन्नु थियो । उमेर र प्रतिष्ठित व्यक्ति प|mेंक्लिनलाई राष्ट्रपति छान्ने अधिकार दिइयो । पेनसिलभानियामा औपचारिक रूपमा जर्ज वासिङटनलाई राष्ट्रपतिको प्रस्ताव गरियो र वासिङटनलाई राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरियो । 

क्यानडा
क्यानडामा क्युबेक सम्मेलनको अघिल्लो दिन जसले क्यानेडियन संविधानको मस्यौदाको आधार तय गर्‍यो । प्रत्येक प्रान्तीय राज्य, औपनिवेशक राज्यबाट आएका प्रतिनिधिको एक मत हुने निर्णय सम्मेलनले गर्‍यो । नयाँ संविधानले पुराना दुई क्यानडालाई छुट्टै एकल क्षेत्र बनाइदियो । क्यानडाको संविधान निर्माण गर्ने सम्मेलनमा १२ अतिथि, नयाँ ब्रुन्स्िवकबाट ७ जना, नोभा स्कोटियाबाट ५ जना, पि्रन्स एडवार्डबाट ७ जना र न्युफाउन्डल्यान्डबाट २ जना प्रतिनिधिले प्रतिनिधित्व गरे पनि सबैको समान मतको महत्त्व थियो । क्यानडामा सन् १८६४ को अक्टुबर १९ मा हाउस अफ कमन्समा प्रतिनिधित्व हुने कुरामा छलफल गरियो र के भनियो भने तल्लो संघात्मक राज्यमा जनसंख्याका आधारमा जानुपर्दछ । संविधानसभा भनेको हाउस अफ कमन्स मानियो । क्युबेक सम्मेलनले प्रधानमन्त्री, सर इटिएनालाई अध्यक्ष बनायो । क्युबेक सम्मेलन अक्टोबर १० र २९, १८६४ मा ७२ जना सदस्यले संविधानको मस्यौदालाई पारित गरे । त्यसपछि संसद्मा स्वीकृति पाउनुभन्दा पहिले सरकारको आवश्यक सुझाब प्राप्त गरेपछि संसद्मा पेस गरियो । संसद्ले त्यसलाई पारित गर्‍यो, जसबाट क्यानडाको नयाँ संविधानको निर्माण भयो ।

अस्टे्रलिया
अस्ट्रेलियन सम्मेलनको सन् १८८७ को २३ मार्चमा स्डेलाइडमा पहिलो बैठक बस्यो । यसको उद्देश्य नयाँ संविधान बनाउनु थियो । यसले कमन वेल्थ एक्टको मस्यौदा गर्‍यो । प्रत्येक राज्य सानो अथवा ठूलो भए पनि १० जनाको प्रतिनिधित्व थियो । त्यो सम्मेलनमा ५ राज्यको सहभागिता थियो । जनसंख्याको दृष्टिकोणले २ वटा राज्य ठूला र ३ वटा राज्य साना थिए । साना राज्यको प्रतिनिधित्व बहुमतमा रहेको थियो । दोस्रो सम्मेलन सन् १८९७ मा सिड्नीमा भएको थियो । कमन वेल्थ एक्टको मस्यौदालाई सबैजसो राज्यका संसद्मा पेस गरिएको थियो । अन्तिम अधिवेशन सन् १८९८ मार्च १७ मा मेलबर्नमा भएको थियो । सबै राज्यलाई उक्त विधेयकमाथि पर्याप्त रूपमा आलोचना गर्न अनुरोध गरियो । सबै प्रतिनिधिले हस्ताक्षर गरेपछि सर जोसेफ एब्बोट किङस्टोनलाई प्रधानमन्त्रीमा तिनै प्रतिनिधिले निर्वाचित गरे । 

दक्षिण अपि|mका
दक्षिण अपि|mकामा सन् १९९० को दशकपछि गोरा, काला, एसियन, रेड इन्डियनसमेतको समानुपातिक प्रतिनिधित्व होस् भन्न बहुमतका आधारमा निर्वाचित हुने प्रणालीलाई परित्याग गरी समानुपातिक प्रतिनिधित्वको निर्वाचन प्रणाली अपनाए । काला ७५ प्रतिशत, गोरा १४ प्रतिशत -डच, प|mेन्च, अंग्रेज र जर्मन), रेड इन्डियन ९ प्रतिशत, एसियन २ प्रतिशत, जनता देशका विभिन्न भागमा छरिएर बसेका थिए । दक्षिण अपि|mकामा सर्वप्रथम १९९१ मा द्वन्द्व समाधान गर्न वृहत् राष्ट्रिय शान्ति सम्झौता सम्पन्न भयो । त्यसपछि सर्वदलीय सम्मेलन भयो । १९९२ मा संविधानसभाको विधिबारे समझदारीको अभिलेख लागू भयो । यसले संविधानसभाको निर्माणप्रक्रिया र अन्तरिम सरकारको टुंगो लगायो । 
१९९४ मा पहिलो काला र गोराबेगरको निर्वाचन भयो । नेल्सन मण्डेला राष्ट्रपति बने सन् १९९४ मे १० मा । १९९४ को निर्वाचनमा दक्षिण अपि|mका अन्तरिम संविधानमार्फत शासित थियो । यस अन्तरिम संविधानले संविधानसभामार्फत स्थायी संविधान बनाउन १९९६ मे ९ मा स्वीकार गर्‍यो । संवैधानिक अदालतले यो संविधानको पुनरावलोकन गर्ने काम गर्‍यो र १९९६ को डिसेम्बर २ मा प्रमाणितसमेत गर्ने काम गर्‍यो । राष्ट्रपति मण्डेलाले डिसेम्बर १०, १९९६ मा हस्ताक्षर गरेपछि १९९७ को फेब्रुअरी ३ तारिखदेखि लागू हुने कामसमेत भयो । संविधानसभामा सूची प्रणालीमार्फत प्रतिनिधि चुनिने काम भयो ।
दक्षिण अपि|mकामा निर्वाचन प्रणालीका रूपमा सूची प्रणालीलाई चयन गरियो । निर्वाचन दलीय रूपमा लड्ने, तर उम्मेदवारको नाम उल्लेख नगर्ने, मतपत्रमा राजनीतिक पार्टीको नाम, झन्डा र पार्टीको अध्यक्षको फाटो छापिएको थियो । मतदाताले जुन पार्टीलाई भोट दिने हो, त्यसको नामको अगाडि टिक लगाएर मत दिने काम गरे । मतगणना गर्दा जुन पार्टीले जति प्रतिशत मत प्राप्त गर्दछ, त्यही अनुपातमा त्यसलाई सांसद संख्या प्राप्त हुने बनाइयो । जातजाति, वर्ग र क्षेत्रका मानिस मिलाई सांसदहरू नियुक्त गर्ने काम राजनीतिक पार्टीले गरे । काला जातिको नेल्सन मण्डेलाको ७० प्रतिशत, डे क्लार्कको -गोरा जाति) २० प्रतिशत, बिथुजुलीको ५ प्रतिशत मत प्राप्त भयो । नयाँ संविधान नबनुन्जेल सर्वदलीय सरकारले काम गर्‍यो ।

सोभियत संघ
सन् १९१४-१८ को महायुद्ध हुनुभन्दा पहिले सोभियत रुस राजनीतिक तथा आर्थिक दृष्टिकोणबाट पिछडिएको थियो । त्यसवेलामा जार सम्राटहरूले राजकाज चलाउँदथे । जार सम्राटले असीमित शक्ति तथा अधिकार प्राप्त गर्दथे । जार निरंकुश स्वेच्छाचारी शासकका प्रतीक थिए । त्यसपछि जार अलेक्जान्डरले देशको शासनमा सुधार गर्ने प्रयास गरेका थिए । सन् १८६१ मा तत्कालीन रुसका राजाले श्रमजीवी दासहरूलाई स्वतन्त्र गरिदिए । सन् १९०५ मा रुसी घोषणापत्रअन्तर्गत रुसी जनतालाई निरंकुश नजरबन्दीबाट छुटकारा प्राप्त भयो । सन् १९८६ मा डयुमाको प्रथम अधिवेशन सुरु भयो, तर यो पछि विघटन भयो । त्यसपछि सन् १९०५ देखि १९१७ भित्रमा रुसी जनतामा जनजागृति तथा जनकल्याणकारिताको प्रादुर्भाव भयो । यसरी राष्ट्रिय प्रयत्न तथा जागृतिको कारणले जनसंस्था अझ बढी शक्तिशाली भए । यसपछि सन् १९१७ को बोल्सेविक क्रान्तिपछि राज्यसत्ता जनताको हातमा निहीत रहेको थियो । सन् १९१७ को मार्च महिनामा अखिल रुसी कंग्रेसको अधिवेशन भयो । जसमा समाजवादी संघात्मक सोभियत गणराज्य स्थापना गर्नका निमित्त एक संविधानको मस्यौदा तयार गर्ने विषयमा छलफल गरियो । सन् १९३५ मा ३९ जना सदस्य सम्मिलित भएको एक समितिको गठन गरियो, जसको सभापति स्टालिन थिए । सन् १९३६ मा नयाँ संविधानको मस्यौदा तयार गरेर जनमत लिने कार्य सु-सम्पन्न भयो ।

पूर्वी टिमोर
पूर्वी टिमोरमा अगस्त ३०, २००१ मा संविधानसभाको निर्वाचन सम्पन्न भयो । पपुया न्युगिनीका प्रधानमन्त्री सर माइकल सामोरको नेतृत्वमा शान्तिपूर्ण रूपमा संविधानसभाको निर्वाचन गरी नयाँ संविधानको निर्माण गरियो । संविधानसभाको निर्वाचन हुनुपूर्व अन्तरिम संविधानको निर्माण गरियो । संविधानसभामा जम्माजम्मी ८८ जना राज्यको निर्वाचन क्षेत्र र जिल्ला निर्वाचन क्षेत्रबाट समानुपातिक निर्वाचन प्रणालीका आधारमा प्रतिनिधिको चयन भएको थियो । जाति तथा जनजातिमा अस्ट्रोनेसिया, पपुवान र चाइनीज अल्पसंख्यक, रोमन क्याथोलिक, मुस्लिम, प्रोटेस्टेन्ट, हिन्दू, बुद्धिस्टसमेतको समानुपातिक तवरबाट उक्त संविधानसभामा प्रतिनिधित्व भएको देखिन्छ । ९० प्रतिशत रोमन क्याथोलिकको जनसंख्याको अनुपातमा संविधानसभामा प्रतिनिधित्व भएको देखिन्छ ।

कोलम्बिया 
कोलम्बियामा सन् १९९० मा संविधानसभाको निर्वाचन भएको थियो । उक्त संविधानसभाको निर्वाचनबाट राजनीतिक पार्टीका प्रतिनिधिहरू अतिरिक्त लडाकु गुरिल्ला, इन्डियन लिडर, पेसाकर्मी, व्यवसायी, सामाजिक कार्यकर्ता, श्रमिक किसानसमेत निर्वाचित भई आएका थिए । उक्त संविधासभामा निर्वाचित ७० प्रतिनिधिमध्ये २५ जना कोलम्बियन लिबरल पार्टी, १९ नेसनल सल्मेसन मुभमेन्ट, ९ जना कोलम्बियन कन्जरभेटिभ पार्टी र बाँकी ४ जना आदिवासी जनजाति, रेभुलुसनरी वर्कर पार्टी र क्वान्टेनेलेम गुरिल्लाबाट २/२ प्रतिनिधि चुनिएका थिए । यो निर्वाचन पद्धति समानुपातिक निर्वाचन पद्धति थियो, जसलाई नेपालले पनि अनुकरण गर्न सक्दछ । 

इटाली 
इटालीमा राष्ट्रपतीय शासन प्रणाली छ । सन् १९४६ मा संविधानसभाले संविधान निर्माण गर्‍यो । १९४८, १९९६, २००१ र २००६ सालमा संसद्को निर्वाचन भयो । संविधानसभामार्फत बनेको संविधानमा दुई सदनात्मक संसद् रहेको छ । समानुपातिक निर्वाचन प्रणालीलाई नै सुरुदेखि अपनाउँदै आएको देखिन्छ । सन् १९४६ सालमा भएको संविधानसभाले निर्माण गरेको संविधान विश्वकै उत्कृष्ट संविधान मान्ने गरिन्छ । सन् १९४३ मा मुसोलिनीको शासनसत्ता एकाएक पतन भयो । त्यहाँ भिक्टर इमानुयल राजा थिए । १९४४ मा संविधानसभा गर्ने आदेश जारी गरियो । १९४५ को दोस्रो आदेशले संविधानसभासम्बन्धी छुट्टै मन्त्रालय खडा गर्ने कार्य भयो । १९४६ जुन २ मा संविधानसभाको निर्वाचन भयो । ५ सय ५६ जना संविधानसभाका लागि निर्वाचन क्षेत्र भयो । संविधानसभा भएकै दिन एक उम्मेद्वारका लागि मतपत्र र अर्को राजतन्त्र राख्ने वा नराख्ने मतपत्र खडा गर्ने काम भयो । ५४ दशमलब ३ प्रतिशतले इटाली गणतन्त्रमा जाने गरी मत दिए । गणतन्त्र भएपछि संविधान निर्माण गर्ने काममा निर्वाचित प्रतिनिधित्वका आधारमा सर्वदलीय अन्तरिम सरकार गठन गर्ने काम भयो । ७५ सदस्यीय संविधानको मस्यौदा समिति समानुपातिक प्रतिनिधित्वका आधारमा निर्वाचन गर्ने काम संविधानसभाले गर्‍यो । यसको पुनरावलोकनको उपसमिति गठन गर्ने काम भयो । १९४६-१९४७ मा १६० बैठक बसी संविधानको अन्तिम मस्यौदा तय गर्ने काम भयो । २७ डिसेम्बरमा संविधान संविधानसभाले पारित गरी जारी गर्ने काम भयो ।

पोर्चुगल
पोर्चुगल सुरुका दिनमा फासिस्ट शासनबाट प्रताडित थियो । १९३३ मा अन्तरिम संक्रमणकालीन संविधान लागू गरियो । सन् १९७४ अपि्रल २५ मा संविधानसभाको निर्वाचन भयो, ९२ प्रतिशत मतदात भएको थियो । सन् १९७५ जुनदेखि कार्य प्रारम्भ गरेको संविधानसभाले १९७६ अपि्रल २ तारिखमा संविधानसभाले पारित गर्‍यो । प्रत्येक दिन १ धारा पारित गरिँदै लगिने गर्दथ्यो । 

बोलिभिया 
बोलिभिया दक्षिण अमेरिकाको सबैभन्दा गरिब राष्ट्र हो । सन् २००३ देखि बोलिभिया सामाजिक र राजनीतिक मामिलाका विषयमा गम्भीर संकटमा पर्न गयो । राष्ट्रपति लोजाडा सत्ताच्युत गरी कार्लोस मेजा राष्ट्रपति बनाइए । सन् २००४ मा राज्य सुधारका लागि संविधानसभाबाट नयाँ संविधान बनाउने घोषणा भयो । पछि इडुराडो रोडि्रज अन्तरिम सरकारको राष्ट्रपति बन्न पुगे । संविधानसभाको निर्वाचन २००६ सालमा सम्पन्न भयो । क्षेत्रीय स्वायत्तताका लागि जनमतसंग्रह भयो । क्षेत्रीय स्वायत्तता प्राकृतिक स्रोतका रूपमा रहेको ग्याससँग थियो । पछि क्षेत्रीय स्वायत्तता हुने भयो । संविधानसभाको निर्वाचन प्रक्रियामा जाँदा मुख्यतया मिश्रति निर्वाचन प्रणाली अपनाइएको थियो । तल्लो सदन 'बहुमत हुनेले जित्ने' निर्वाचन प्रणाली जसमा प्रत्येक जिल्लालाई एक निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गराइएको थियो भने ९ जिल्लामा सूची प्रणालीको समानुपातिक तवरबाट प्रतिनिधित्व गराइएको थियो । यसबाट प्रत्येक जिल्लाबाट ५ जना प्रतिनिधि दलहरूको प्राप्त मतका आधारमा छानिए । मतपत्र महानिर्वाचनमा जस्तो हुन्थ्यो त्यस्तै बनाइयो । जसले गर्दा जनता झुक्किएनन् । मतपत्रको माथिल्लो भागमा प्रत्येक जिल्लाका दलका उम्मेदवारको सूची, तल्लो भागमा अन्य स्वतन्त्र उम्मेदवारको सूची राखिएको थियो । प्रत्येक मतदाताले मतदानपत्रमा एकमत मात्र दिन पाउँथे । मतदाताले लिस्टभन्दा बाहिरका लाई पनि मतदान गर्न सक्दथ्यो । सूचीमा प्राथमिकता दिनु पर्दथ्यो । १, २, ३, ४, ५ नम्बर प्राथमिकताका आधार बनाइएको थियो । कम्तीमा पनि ५ प्रतिशत प्राथमिकतामा नपरेको उम्मेदवारले निर्वाचन जित्न नसक्ने बनाइएको थियो । यस प्रणालीलाई नेपालले पनि अवलम्बन गर्न सक्दछ । 

पाकिस्तान
बेलायत सरकारको क्याबिनेट मिसन प्लानअन्तर्गत कंग्रेस र मुस्लिम लिगले मिसन प्लानलाई स्वीकारे पनि मुस्लिम लिगले सय सिट प्रस्ताव गरेकाले कंग्रेस र मुस्लिम लिगबीच विवाद उत्पन्न भयो । मुस्लिम लिगले पाकिस्तानलाई छुट्टै राष्ट्रका रूपमा मान्यता दिनुपर्नेमा अडान राख्यो भने कंग्रेसले भारतका अन्य राज्यसरह हुनुपर्नेमा जोड दियो । मुस्लिम लिगले संविधानसभामा भाग नलिएपछि पाकिस्तान जन्मिन पुग्यो । १९५४ मा संविधानसभा हुन नसकेकाले गुलाम मोहम्मदले संविधानसभाको विघटन गरे ।

पोल्यान्ड
पोल्यान्डमा निरंकुश औपनिवेशिक सरकारको विरुद्धमा संविधानसभाको निर्वाचनको घोषणा भयो । सन् १९८९ मा गोलमेच बैठक भयो । सो बैठकले आंशिक प्रजातान्त्रिक निर्वाचनको व्यवस्था गर्‍यो । संसद्को पुनस्र्थापना भई विभिन्न ऐन, कानुन निर्माण भए । निर्वाचनसम्बन्धी कानुनको निर्माण भयो । सन् १९९१ मा राष्ट्रपतिले अर्को प्रजातान्त्रिक निर्वाचनको घोषणा गरे । १९९२ मा निर्वाचित संसद्ले काम गर्‍यो । राष्ट्रपतिद्वारा संसद्को विघटन भयो । सन् १९९२ मा अन्तरिम संविधानको निर्माण भयो । राष्ट्रपति र कार्यकारिणीका व्यापक अधिकार कटौती भए । १९९३ मा पोल्यान्डको संसद् सेनेट र सेजिमको निर्वाचन भएपछि अपि्रल २, १९९७ मा संविधान पारित भयो । उक्त संविधानलाई जनमतसंग्रहमा समेत लगी अनुमोदन गर्ने काम भयो ।


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login