८ जेठ, वीरगञ्ज । विगत चारदिनदेखि वेपत्ता पर्सा जितपुर गाविसका चारजना बालबालिका मृत अवस्थामा भेटिएको छ । जितपुर-६ नवका टोलामा रहेको सुखडिया नदीको किनारमा माटोमा पुरिएको अवस्थामा आइतबार शव भेटिएको हो ।
गत बिहीबारबाट हराइरहेका पाँच वर्षीय राजकुमार राम दास र दीपनरायण चौधरी, छ वर्षीया अनिशाकुमारी र सात वर्षीया सीतमाला चौधरीको शव फेला परेको प्रहरीले जनाएको छ ।
गत बिहीबार आएको हावाहुरीमा ज्यान बचाउन उनीहरुलाई गाउँ नजिकै रहेको सुखडिया नदीको किनारमा लुकाएको बेला वर्षाका कारण माटोको ढिस्को भत्केर तिनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । भैँसी चराउन गएका स्थानीय बासिन्दाले माटोमा पुरिएको अवस्थामा बालबालिकाको शव देखेका थिए ।
घरबाट बाहिर गएका बालबालिका हराएपछि उनीहरुको अपहरण भएको भन्दै अभिभावहरुले इलाका प्रहरी कार्यालय पोखरियामा निवेदन दर्ता गराएका थिए । रासस
0 commentaires