माथिल्लो कर्णालीको कार्यालय भवनमा आगजनी, दुई घाइते, तीन वेपत्ता


दैलेख, जेष्ठ ८ - दैलेखको पाल्तडास्थित माथिल्लो कर्णाली जलविधुत परियोजानाको कार्यालयमा आइतवार अपरान्ह स्थानीयबासीले तोडफोड र आगजनी गरेका छन ।  
स्थानीयको हितविपरित परियोजना निर्माण हुन लागेको भन्दै उनीहरुले तोडफोड र आगजनी गरेका हुन् । सामान बचाउँदै गर्दा कम्पनीका सुरक्षागार्ड नरबहादुर बोहरा र तोया विष्ट घाईते छन् ।
सदरमुकामस्थित नेपाली सेनाको रणशार्दूल गणले दिएको जानकारी अनुसार तोडफोड र आगजनीबाट परियोजनाका तीन वटै भवनमा पूर्ण क्षती भएको छ । आयोजनाका तीन कर्मचारी सम्पर्कबाहिर छन् । आयोजनाको सुरक्षाका लागि सेनाको एक गुल्म कार्यालयस्थलदेखि ४ किलोमिटर टाढा बस्दै आएको छ ।
५०/६० जनाको समुहमा आएका स्थानीयले तोडफोड गरेपछि आगो लगाएर भागेका थिए । इलाका प्रहरी कार्यालय दुल्लू र जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी निरिक्षकको नेतृत्वमा छुटाछुटै प्रहरी टोली घटनास्थलतर्फ पठाएको प्रहरी नायब उपरिक्षक डिएसपी दिपक बस्नेतले जानकारी दिए ।
यसअघि सदरमुकाममा निर्माण कम्पनी जिएमआरद्धारा आयोजित एक अन्तरक्रिया कार्यक्रममा माओवादी, नेपाल मजदुर किसान पार्टी र जनमोर्चाका कार्यकर्ताले तोडफोड गरेका थिए । तर, माओवादीका जिल्ला ईन्चार्ज थिरबहादुर कार्कीले आगजनी गर्ने आफुहरुको कुनै योजना र संलग्नता नरहेको बताएका छन् ।



via ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login