काठमाडौ, जेष्ठ १० - शान्ति र संविधानका लागि धर्ना दिइरहेका महिला सञ्जालका सदस्यहरुलाई मंगलबार विहान दश बजेतिर नयाँ बानेश्वरस्थित संविधानसभा भवनको अगाडिबाट प्रहरीले कुटपीट पछि पक्राउ गरेको छ ।
शान्तिपूर्ण रुपमा धर्ना दिन लागेको बेला प्रहरी कुटपीट गरी पक्राउ गरेर नयाँ बानेश्वरस्थित प्रहरी कार्यालयमा राखेको धर्नाकारीहरुले जनाएका छन् ।
धर्नाकारीहरुलाई पक्राउ गर्नु अघि प्रहरीले लाठी चार्ज गरेको थियो । प्रहरीको लाठीबाट २५ जना घाइते भएको धर्नाकारीहरुले जनाकारी दिएका छन् । दिउँसोसम्म महिलाअधिकारमर्मीहरु स्टेला तामाङ, रीता थापा, दुर्गा सोवलगायत करिव ४५ जनालाई प्रहरीले पक्राउ गरी नयाँ बानेश्वर प्रहरी कार्यालयमा राखेको छ । प्रशासनले निषेधित क्षेत्र तोकेको स्थानभन्दा बाहिर पनि लखेटी लखेटी कुटपीट गरेको महिला अधिकारकर्मीले जनाएका छन् ।
'हामी शान्तिपूर्ण धर्नामा थियौं, प्रहरीले एक्कासी आएर लाठी चार्ज गर्यो' वाब्डकी कार्यक्रम संयोजक चन्दा थापाले ईकान्तिपुरसंग भनिन् । महिलाको अधिकारसम्बन्धी कार्यरत विभिन्न संस्थाहरुको सञ्जालले करिव डेढ महिनादेखि संविधानसभा भवन अगाडी धर्ना दिंदै आएको थियो ।
स्थानीय प्रशासनले मंगलबारदेखि संविधानसभा भवनको ५० मिटर वरीपरी क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ
via ekantipur
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!