रूखमुनि पढ्दै बादी र मुक्त कमैया

टीकापुर, जेष्ठ १२ -  बलिया ९, बलचौरका बादी र मुक्त कमैयाका बालबालिका रूखमुनि बसेर पढ्न बाध्य छन् । राजमार्ग छेउमा झुपडी बनाई बसेका बादी तथा मुक्त कमैया बस्तीमा विद्यालय नभएपछि बालबालिकाका लागि रूखमुनि कक्षा सञ्चालन गरिएको हो । 
विद्यालय सञ्चालनका लागि जिल्ला शिक्ष्ाा कार्यालयमा प्रक्रिया पूरा गरिसके पनि शिक्षा कार्यालयबाट सहयोग नभएको स्थानीय गणेश बादीले बताए ।   करिब १ सय ५० जना विद्यार्थी रूखमुनि पढिरहेका छन् । पानी परेपछि विद्यालय बन्द हुने   गरेको शिक्षक राजकुमार   चौधरीले बताए । मुक्त कमैया र बादीको संयुक्त पहलमा सञ्चालन भइरहेको विद्यालयका शिक्षकका लागि प्रतिविद्यार्थी १ सय वाषिर्क शुल्क उठाउने निर्णय भएको  उनले बताए ।   बस्तीबाट अरू विद्यालय करिब ७ किलोमिटर दूरीमा भएकाले यहाँका अधिकांश बालबालिका विद्यालय गएका थिएनन् ।   विभिन्न संघसंस्थाले विद्यालय भर्ना अभियान सञ्चालन गरेपछि मुक्त कमैया र बादी समुदायकाले विद्यालय सञ्चालन गर्ने जमर्को गरेका हुन् ।   विद्यालयका लागि सामान्य भवन बनाउने सोच बनाए   पनि जग्गा नहुँदा समस्या भएको गणेश बादीले बताए । यसअघि विद्यालय जानबाट वञ्चित बालबालिकाका लागि एक गैरसरकारी संस्था सामुदायिक सहयोग समितिले छलफल   चौतारी सञ्चालन गरेको थियो ।  सरकारी तवरबाट कुनै पहल नभएपछि समुदाय स्तरबाट विद्यालय सञ्चालनको पहल भइरहेको बताउँदै स्थानीय नन्दरामले भने, 'धेरै पटक विद्यालय स्थापनाका लागि गाविस कार्यालयमा गयौं तर जग्ग्ाा कब्जा गरी बसेको ठाउँमा बजेट हाल्न नमिल्ने भन्दै सहयोग गरेनन् ।'  सामुदायिक सहयोग समितिको पहलमा यो ठाउँलाई मंसिर महिनामा बाल दुव्र्यवहार मुक्त क्षेत्र घोषणा गरिएको थियो तर बालबालिका भने अझै विद्यालय जान पाएका छैनन् ।


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login