मेलम्चीको सुरुङ निर्माण अवधि थप्न ठेकेदारको आग्रह

चौतारा, जेष्ठ ८ - राजधानीमा खानेपानी आपूर्ति गर्न सुरु गरिएको मेलम्ची आयोजनाको सुरुङ निर्माणको तोकिएको म्याद २ वर्ष थप्न ठेकेदार कम्पनीले आयोजनासँग आग्रह गरेको छ । 
बन्द, हडताल, राजनीतिक खिचातानी र स्थानीय समस्या देखाउँदै ठेकेदार चिनियाँ कम्पनीले सुरुङ पूरा गर्ने अवधि सन् २०१३ बाट बढाएर २०१५ सम्म पुर्‍याउन परामर्शदातामार्फत आयोजनासँग आग्रह गरेको हो ।   चाइना रेलवे कम्पनी १५ ब्युरोले ४ वर्षमा पूरा गर्ने सर्तमा २००९ अपि्रल २१ मा साइड जिम्मा लिएको थियो । बितेका २२ महिनामा १ हजार ९ सय मिटर सुरुङ निर्माण गरेको कम्पनीले म्याद बढाउने प्रस्ताव ल्याएको हो । 'सुरुङ निर्माण जुन गतिमा हुनुपर्ने हो त्यो देखिएको छैन,' आयोजनाका कार्यकारी निर्देशक हरिप्रसाद शर्माले भने । 'म्याद थप्न परामर्शदातालाई पत्राचार गरेको खबर आएको छ । नेपालको आन्तरिक समस्याले काम गर्न ढिलो भएको कारण देखाउँदै यसअघि पनि ठेकेदारले म्याद बढाउन अनौपचारिक अनुरोध गर्दै आएको हो,' उनले भने । परामर्शदाताले औपचारिक जानकारी भने नदिएको उनले बताए । 'जटिल अवस्थाबाहेक सकभर म्याद थप्ने पक्षमा छैनौं, उनले भने । आयोजनाको ग्याल्थुम, अम्बाथान, सिन्धु र सुन्दरीजलबाट सुरुङ निर्माण भइरहेको छ ।  आयोजनाले दैनिक १ सय ५० मिटरको लक्ष्य राखेकोमा हाल ११ देखि १४ मिटर सुरुङ निर्माण भइरहेको छ । यही रफ्तारमा काम गर्ने हो भने सुरुङ निर्माण पूरा हुन थप ५ वर्ष कुर्नुपर्छ । समयमा निर्माण पूरा नहुने निश्चित भएपछि कम्पनीले जरिवाना तिर्नुपर्ने डरले म्याद बढाउन आग्रह गरेको हो, आयोजना स्रोतले भन्यो, स्थानीय वातावरण सहज भए पनि ठेकेदारले उसकै कारणले काम गर्न सकेन । दैनिक ५ सय कामदार हुनुपर्नेमा हाल ३ सय मात्र छन् । कम्पनीले आवश्यक उपकरण र कामदार ल्याउन सकेन, आयोजनाका एक प्राविधिक भन्छन्  । आयोजनाका अनुसार तोकिएको समयमा काम पूरा गर्न नसके पनि ठेकेदारलाई ४० करोडभन्दा बढी जरिवाना गर्न नसक्ने टेन्डर सर्तमा उल्लेख छ ।  ठेकेदारले जरिवानाबाट जोगिन विभिन्न घटनालाई जोडेर थप रकम दाबी गर्दै २१ वटा निवेदन आयोजनामा दर्ता गरिसकेको छ । ठेकेदारले स्थानीयले आयोजनाको कार्यालय मेलम्चीमा ०६६ साउनदेखि ७ महिना ताला लगाएको, कारणलाई आधार बनाएर थप्न दबाब दिएको छ ।   



Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login