गर्भवती पत्नीलाई बन्चरो प्रहार

सुर्खेत, जेठ १६ - गुठु-४, भापरका एक व्यक्तिले सात महिनाकी गर्भवती श्रीमतीलाई बन्चरो हानी घाइते बनाएका छन्। शुक्रबार राति बन्चरो हानिएकी हस्ता थापाको अहिले वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।  हस्ताकी आमा अमृता माझीले दिएको जानकारीअनुसार पति केशरले राति नौ बजे सुतिरहेको बेला एक्कासी बन्चरोले टाउको, चिउँडो र गर्धनमा हानेका थिए।  'पहिले पनि अनेक निहुँ झिकेर झगडा गरिरहन्थे,' अमृताले भनिन्, 'यसपटक त ज्यानै लिने गरी छोरीलाई बन्चरोले हाने।' गाउँमा सामान्य उपचारपछि हस्तालाई शनिबार राति वीरेन्द्रनगर ल्याइएको र हालसम्म पनि होस नखुलेको उनले बताइन्।  स्थायी बसोबास विद्यापुर-३ तिनकुने भए पनि हस्ताको परिवार माइतीमा बस्दै आएको थियो। घरमा खानलाउनसमेत नपुग्ने भएपछि घरजग्गा दिएर राखेका ज्वाइँले छोरीलाई मार्न खोज्दा निकै दुःख लागेको अमृताले बताइन्। 'छोरीज्वाइँकै राम्रो होस् भनेर आफूसँग भएको घरखेत दियौँ, तर अहिले त्यही ज्वाइँले छोरीलाई मार्न खोजे,' उनले भनिन्। हस्ताका तीन छोराछोरी छन्।  केशरलाई शनिबार दिउँसो प्रहरीले समाती अनुसन्धान थालेको छ। यसअघि २०६३ भदौमा गाउँकी एक महिलालाई बलात्कार गरेको अभियोगमा एक वर्षसम्म जेल परेका उनी मिलापत्रपछि मुक्त भएका थिए। हस्ताका मामा गजराज बयकले केशर आपराधिक मानसिकताको मान्छे भएकोले पछिल्लो घटना घटेको र उनलाई कडा कारबाही हुनुपर्ने माग गरे।  प्रहरीले रगत दिए घाइते भई अस्पताल भर्ना भएकी हस्तालाई प्रहरी जवान पतिराम चौधरीले एक पिन्ट रगत दिएका छन्। इलाका प्रहरी कार्यालय छिन्चुमा कार्यरत जवान चौधरीले रगतको खोजी भएको थाहा पाएपछि अस्पतालमै पुगी रगत दिएको बताए। 'यस्तो अवस्थाकी महिलालाई मानवीय सेवा गर्नु सबैको कर्तव्य हो,' उनले भने।  


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login