बिजुली बलेको सय वर्ष पुग्यो

फर्पिङ -काठमाडौं, जेष्ठ १०  -  इतिहास केलाउँदा एसियामा बिजुली बाल्ने मुलुकमा नेपाल दोस्रोमा पर्छ । अर्थात सय वर्षअघि मुलुकमा पहिलोपल्ट चन्द्रज्योति विद्युत् गृहमार्फत विद्युत् उत्पादन गरेर बिजुलीको अनुभव गर्नेमा नेपाली धेरै अघि थिए, एसियाका अन्य मुलुकभन्दा अघि ।

 सय वर्षमा मुलुक कुन अवस्थामा पुगेको कसैलाई भन्नु नपर्ला । सर्वसाधारणले उज्यालोभन्दा बढी समय अँध्यारोमा बिताउनु परिरहेका बेला सरकारले सय वर्षअघिको सम्झना गर्दै यसपालिदेखि जेठ ९ लाई ऊर्जा दिवस मनाउने घोषणा गरेको छ ।    चन्द्रज्योति विद्युत्गृहमा सोमबार आयोजित कार्यक्रममा उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारले पानसमा बत्ती बालेर 'ऊर्जा दिवस' घोषणा गरेका हुन् । 'मुलुकमा अँध्यारो हटाउने प्रयास सुरु भएको यो दिनलाई स्मरण गर्दै ऊर्जा क्षेत्रमा केही सिर्जनशील काम गर्न सकौं,' उनले भने । अर्थमन्त्रीले आगामी बजेटमा ऊर्जा मन्त्रालयको बजेट दोब्बरभन्दा बढी पारिने बताए । 'अभाव हटाउन ऊर्जा संकटकाल घोषणा गरेको सरकारले यसलाई महत्त्व दिनेछ,' उनले भने । गतवर्ष ऊर्जा मन्त्रालयले करिब १७ अर्ब रुपैयाँ पाएको थियो । अर्थमन्त्री अधिकारीले चन्द्रज्योति विद्युत्गृह सञ्चालन र संग्रहालय निर्माणलाई पनि सक्दो सहयोग गर्ने बताए ।    कार्यक्रममा राष्ट्रिय समन्वय समितिका अध्यक्ष एवं ऊर्जामन्त्री गोकर्ण विष्टले एसियामै दोस्रोपटक बिजुली बाल्ने देशमा एक शताब्दीको बीचमा करिब साढे ६ सय मेगावाट मात्रै विद्युत् उत्पादन हुनु दुर्भाग्य भएको बताए । 'हामी निकै पछाडि परेका छौं, अबको चार वर्षमै सय वर्षमा नभएको काम हुनुपर्छ,' उनले भने ।   यसबीचमा मन्त्रालयले लोडसेडिङ हटाउने र हरेक घरमा विद्युत् पुर्‍याउने लक्ष्य राखेको मन्त्री विष्टले बताए । सरकारले बूढीगण्डकी जलाशययुक्त आयोजनालाई द्रुतगतिमा अघि बढाउन खोजेको उल्लेख गर्दै विभिन्न ठाँउमा निर्माणाधीन आयोजनामा अवरोध हुनु खेदजनक भएको बताए । 'निर्माणमा भएको अवरोधलाई सरकारले गम्भीर रूपमा लिएको छ, आवश्यक परे मन्त्रिपरिषद्बाट निर्णय गराएरै कडा रूपमा उत्रनेछौं,' उनले भने । ऊर्जा विकासका काममा हुने अवरोध हटाउन सबै दलका प्रतिनिधि बोलाएर सार्वजनिक रूपमा सामूहिक प्रतिबद्धता जनाउन लगाउने विष्टले बताए । 'ऊर्जा मन्त्रालयले यसको पहल गर्नेछ,' उनले भने । विष्टले ऊर्जा मन्त्रालयमा गत वर्ष १७ अर्ब रुपैयाँ विनियोजन भएकामा यसपालि कन्तीमा ४० अर्ब छुट्याउन माग गरे । उनले केही समयमा थप आयोजनाको काम अघि बढाउने समेत बताए ।    जेठ ९ गते ऊर्जा दिवस   सरकारले जेठ ९ गतेलाई उर्जादिवस मनाउने भएको छ । फर्पिङको चन्द्रज्योती विद्युतगृहको शतवाषिर्कीको अवसरमा आयोजित कार्यक्रममा गतवर्ष स्थानियले सरकारसँग जेठ ९ गतेलाई उर्जादिवस मनाउन प्रस्ताव गरेका थिए । अधिकारीले स्थानियस्तरमा दिवसको घोषणा गरेका हुन् । कार्यक्रममा उर्जामन्त्री विष्टले मन्त्रीपरिषदमा प्रस्ताव गरी सरकारीस्तरमै दिवसको घोषणा गरिने बताए । १९६८ साल जेठ ९ गते नेपालमा पहिलोपटक विजुली बलेको थियो ।    माथिल्लो कणर्ाली आगजनी: एक करोड बढी क्षति    दैलेख -कास)- आगलागीबाट पाल्तडास्थित माथिल्लो कणर्ाली जलविद्युत् परियोजना जिएमआर फिल्ड साइट कार्यालयको १ करोड १० लाख रुपैयाँभन्दा बढी क्षति भएको छ ।   जिल्ला प्रहरीका अनुसार आगलागीबाट तीन वटै भवन पूरै जल्नुका साथै १२ दराज, ३ पि|mज, ७ कम्प्युटर, सञ्चार उपकरणहरू, फर्निचर, हेभी जेनेरेटर, नगद २ लाख रकम जलेर नष्ट भएका हो ।   अज्ञात समूहले आइतबार कार्यालयभित्र राखिएको डिजेल छर्किंदै आगो लगाएको थियो । आगलागीको समयमा कम्पनीका ५ कर्मचारी कार्यालयभित्रै थिए । समूहको कुटाइबाट दुई सुरक्षागार्ड घाइते भएका छन् । अन्य तीन जना सिसा फोरी बाहिर निस्केर आगलागीबाट बचेको कम्पनीले जानकारी दिएको छ । सुरुमा ३ सय मेगावाट भनिएको यो आयोजना विस्तृत सर्वेक्षणपश्चात् ९ सय मेगावाट विद्युत् उत्पादन गर्न सकिने कम्पनीको दाबी छ । कम्पनी र नेपाल सरकारबीच अब विस्तृत परियोजना सम्झौता हुन बाँकी छ । प्राविधिक अनुमति लिएको ५ वर्षभित्र अर्थात् सन् २०१७ सम्म परियोजना निर्माण गरिसक्ने कम्पनीको लक्ष्य छ । सर्वेक्षण अन्तिम चरणमा पुगेकाले कम्पनी सरकारसँग उत्पादन अनुमति लिने तयारीमा थियो ।


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login