घर फिर्तीमा पुगेकी डोल्मा फेरि जेलमा


देवेन्द्र भट्टराई काठमाडौ, जेष्ठ ९ - हत्या अभियोगमा कुवेतको केन्द्रीय जेलमा आजीवन कारावास भोगिरहेकी डोल्मा शेर्पालाई एकाएक आममाफी दिइयो । नेपाल फर्काउन फिर्ती केन्द्रमा पुर्‍याइयो पनि । तर, 'आवश्यक कागजातबाट पुष्टि नपाउँदा' उनलाई फेरि कारागारमै लगिएको छ । 
चार वर्षअघि फिलिपिनो सहकर्मी हत्या अभियोगमा थुना परेकी डोल्मालाई अदालतले सुरुमा मृत्युदण्ड सुनाएको थियो । पछि पुनर्विचार गर्दै आजीवन कारावासमा झार्‍यो । सजाय छुट हुँदै गएर उनले आममाफी नै पाइन् । २०१२ को जुनमा नेपाल फर्काउने गरी प्रक्रिया अघि बढाइएकी उनलाई फेरि जेलभित्रै राखिएको हो ।
खाडी मुलुकमा हत्या अभियोगमा परेकालाई सामान्यतया आममाफी नहुने भए पनि कुवेतस्थित दूतावासले गत वर्ष 'डोल्मालाई एम्नेस्टी दिन' त्यहाँका अमिरलाई अनुरोधपत्र बुझाएको थियो ।
'डोल्मालाई केन्द्रीय जेलबाट घर फिर्ती केन्द्रमा लगेर फेरि जेल फिर्ता लगिएको थाहा भएको छ,' कुवेतस्थित राजदूत मधुवन पौडेलले कान्तिपुरसँग भने, 'केन्द्रमा डोल्माका सजाय र फैसलाबारे सबै प्रक्रियाको फाइल नरहेको हुनाले फेरि जेल फर्काइएको भन्ने जानकारी आएको छ ।'
एक वर्षअघि कुवेतमा दूतावास खोलिनुअघि कुवेत मामिला साउदी अरबको रियादस्थित दूतावासले हेथ्र्यो । डोल्माबारे सबै कागजात र फाइल रियादमै रहेको राजदूत पौडेलले बताए ।
घर फिर्ती केन्द्रमा डोल्माको स्थिति बुझ्न आइतबार गएका दूतावासका कन्सुलर पुष्प भट्टराईलाई त्यहाँका अधिकारीले 'हैसियत स्पष्ट नभएको' -स्टाटस नट क्लियर) भन्दै उनलाई जेल फिर्ती गरिएको बताएका थिए । भट्टराईले आइतबारै जेलमा गएर डोल्मालाई भेटेका थिए । 'मलाई घर फिर्तीमा लगेर फेरि किन फर्काइयो, थाहा भएन,' डोल्माले भनेकी थिइन् ।
अन्तर्राष्ट्रिय चासो र ध्यानाकर्षणको विषय भएकाले डोल्मा शेर्पाको सजायलाई कुवेती अमिरबाट माफी (एम्नेस्टी) भएको अनुमान गरिएको छ । 'डोल्माबारे बुझ्न सोमबार विदेश मन्त्रालयमा पत्राचार गर्छौं,' राजदूत पौडेलले भने । 


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login