१४ बर्षे तालाङ्कले जहाज बनाए


सुदर्शन रन्जित ३ बैशाख, पोखरा । किशोर उमेरमै रोबार्ट बनाएर चर्चामा आएका पोखराका तल्लज बरालका भाइले पनि जहाज बनाएका छन् ।
तल्लजका भाइ तालाङ्क बरालले निर्माण गरेको गोइङ ६०१ नामक जहाज शनिबार सार्वजनिक गरिएको हो । पोखरा मासबार स्थित बाबु चुडामणि र आमा तारा बरालका कान्छा छोरा तालाङ्क रत्नज्योति इंग्लिस बोर्डिङ्ग स्कूलमा कक्षा ९ मा अध्ययन गर्दछन् । संविधानसभाका ६ सय एक जना सभासदहरुलाई शान्ति र संबिधान निर्माणको लागि दवाव दिन जहाजको नाम गोइङ ६०१ राखिएको तालाङले वताए ।
राइट दाजुभाइको १ सय ४४ औं जन्मजयन्तीको अवसर पारेर रोबर्ट सार्वजनिक गरेका तालाङ्कले दाइको प्रेरणाबाट आफू रोबर्ट निर्माणमा आकषिर्त भएको जनाए । बल्ल १४ बर्ष उमेर पुगेका तालाङ्कले करिब दुई वर्ष लगाएर जहाज बनाएका हुन् ।
दुवै छोराहरु बिज्ञान तर्फ आकषिर्त भएपछि, वावु चुडामणी र आमा तारा खुसीले गदगद भएका छन् । बाबु चुडामणि बरालले छोराहरुको सिर्जनात्मक कामले आफू खुशी भएको बताए । उनले सरकारी निकायबाट उनिहरुको प्रतिभा प्रस्पुटनमा ध्यान नदिएकोमा गुनासो पोखे ।
तालाङ्कका दाई तल्लजले यसअघि भिड नियन्त्रण गर्ने, जलकुम्भी फाल्ने, फुटबल खेल्ने तथा आपतमा परेका मानिसहरुको उद्धार गर्ने रोबर्ट बनाएका थिए । दाजु तल्लजले भाइले पनि उड्ने जहाज बनाएको कुराले आफुमा पनि थप उत्साह जागेको वताए ।
जहाज बनाउन तालाङ्कका बाबुले करिव ३३ सय रुपैयाँ बराबरको विभिन्न सामग्री किनेर ल्याइदिएका थिए । तालाङ्कले भविष्यमा बिज्ञान पत्रकार बन्ने सोच बनाएका छन् ।







source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login