६ वैशाख, ललितपुर । सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्रा आजदेखि सुरु हुँदैछ ।मच्छिन्द्रनाथका ज्योतिष खलकका ज्योतिषी पूर्णमङ्गल जोशी र कीर्तिकिरण जोशीले बिहान
स्नान गराएपछि तान्त्रिक विधिबाट मच्छिन्द्रनाथको मूर्तिबाट प्राण निकालेर कलशमा प्रतिस्थापन गर्ने गरिन्छ । बेलुकीपख मच्छिन्द्रनाथलाई मृत घोषित गरी मृत्यु पछि गरिने सम्पूर्ण विधि पूरा गरिन्छ ।
केही दिन पछि ३२ किसिमका माटो पाइने काठमाडौँको म्हैपीबाट माटो ल्याई मच्छिन्द्रनाथको मूर्ति बनाएर रङ्गरोगन गरिन्छ र पुनः तान्त्रिक विधिबाट मच्छिन्द्रनाथ व्युँतिएको घोषणा गरिन्छ ।
ज्योतिषी कीर्तिमदन जोशीले मृत्यु र पुनःजीवनको यस प्रक्रियाले सबैजना एकदिन यस लोकलाई छाडी जानुपर्ने यथार्थलाई उजागर गर्ने बताउनुभयो ।यसैगरी आजदेखि नै रथ निर्माण कार्य पनि प्रारम्भ हुनेछ । रथ निर्माण कार्य सुरु भएको १५ दिनभित्र सम्पन्न गरिसक्नुपर्ने परम्परा छ ।
source:-onlinekhabar



0 commentaires