छोरासागै छोरीको पनि व्रतबन्ध

रामनारायण विश्वास सप्तरी, ५ वैशाख  सप्तरीका एक दम्पतीले छोरासँगै छोरीहरूको पनि ब्रतबन्ध गरिदिएका छन्। बकधुवा-७ का एक दम्पतीले आफ्नी छोरीको छोरा सरह व्रतबन्ध गरिदिएका हुन्।  धार्मिक रूपमा समेत छोरीहरूलाई छोरासरह अधिकार र मान्यता रहेको तथ्य स्थापित गर्न बकधुवा-७ का दुर्गा भट्टराई र विमला भट्टराईले आफ्नी सात वर्षीया छोरी मेन्जिना भट्टराईको हिन्दू परम्पराअनुसार व्रतबन्ध गरिदिए  । 

भट्टराई दम्पतीका दुई छोरी मात्र छन्। 'सनातन हिन्दू धर्मले छोरा-छोरीबीच कुनै भेदभाव नगरेको सुन्दै आएको थिए', मेन्जिनाका बुवा दुर्गाले भने, 'छोरीले व्रतबन्ध गरी जनै लगाउने इच्छा गरेकाले पण्डितहरूसँग सल्लाह गरेर उनीहरूले सहमति जनाएपछि छोरीको व्रतबन्ध गरिदिएको हुँ  ।' व्रतबन्धअघि उनले सप्ताहव्यापी श्रीमद्भागवत महापुरण तथा शान्ति यज्ञको समेत आयोजना गरेका थिए  । भागवत महापुराण वाचन गर्न आएका पण्डित कँुवेर सुवेदीद्वारा नै छोरीको कानमा गायत्री मन्त्र उच्चारण गरिएको भट्टराईले बताए। उनका अनुसार छोरी मेन्जिनालाई पण्डित सुवेदीले नै जनैसमेत लगाइदिएका थिए। छोरासरह छोरीको व्रतबन्ध गरिएको सप्तरीमा यो पहिलो घटना भएको भट्टराईको दाबी छ । 'छोरा-छोरीबीचको भेदभाव अन्त्यका लागि मात्रै भाषणमा नभई सबैलाई आ-आफ्नो ठाउँबाट केही न केही उदाहरणीय काम गर्नुपर्ने खाँचो छ। समाजमा एउटा सकारात्मक सन्देश पुर्‍याउने उद्देश्यले छोरीको व्रतबन्ध गरिदिएको हु,' भट्टराईले भने । 












source:-nayapatrika
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login