चार दिनदेखि वेपत्ता युवक मृत फेला परेपछि घरमा आगजनी

दिलबहादुर छत्याल, धनगढी, वैशाख ५ - चार दिनदेखि वेपत्ता रहेका कैलाली टीकापुरका १८ वर्षीय ऋतेश लम्साल मृत फेला परेपछि आक्रोशित आफन्तले सुर्खेतको तातापानी गाविसको १ कुइनेमा केही घरमा आगजनी गरेका छन।      ऋतेशका आफन्त टिकापुरबाट कुहिने बजार पुगी आगजनी गर्न थालेपछि स्थानीय वासिन्दासँग झडप भयो। यहाँको अवस्था आइतबार दिउसोभर तनावपूर्ण थियो। कुइने बजारका केही घर, पसल र कणाली नदीको झुलङ्गे पुलमा आइतबार दिउँसो आगजनी भएको स्थानीयले बताए। वैशाख १ गते १४ जनाको समूहमा नयाँ वर्ष मनाउन कुहिनेतिर गएका ऋतेश वेपत्ता भएका थिए। खोजीका लागि कुइने गएकाले ऋतेशको शव कुइनेको पुलमुनि भेटाएपछि आक्रोशित बनेका थिए। उनका आफन्तले स्थानीय व्यापारीका केही घर, पसल र झुलङ्गे पुलमा आगो लगाएको स्थानीय देवराज जैसीले बताए।  उनका अनुसार ९ घरमा आगजनी भएको छ। टिकापुरबाट गएका उनका आफन्तको आक्रोशित समुहले घरमा आगजनी गरेपछि त्यहाँका वासिन्दासँग भिडन्त भएर दिनभरी तनाव भएको थियो। इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक नैनसिंह साउँदका अनुसार कुइनेमा आगजनी भएको खवर प्राप्त भएको भएपनि विस्तृत जानकारी भने प्राप्त हुन सकेको छैन। घटनास्थल कर्णाली चिसापानीबाट चार घण्टा पैदल दूरीको रहेको छ।  कैलालीका प्रहरी उपरीक्षक प्रेम चन्दका अनुसार घटना सुर्खेतमा भएकोले त्याहाँका प्रहरीसँग समन्वय भइरहेको र एकिन विवरण आउन नसकेको बताए। चन्दका अनुसार घटनास्थलमा सुरक्षाकर्मी खटाइएको छ। वैशाख १ गते वनभोज खान सुर्खेतको तातापानीको कुइने गएका बेला स्थानीय युवासँग झगडा भएपछि भागा-भाग गर्ने क्रममा टीकापुर नगरपालिका ९ ब्लक नम्बर १२ का ऋतेश लम्साल बेपत्ता भएका थिए। समुहका रहेका अन्य १३ जना घर फर्केका थिए।  ऋतेशको खोजीका लागि उनका आफन्तले शनिबारदेखि टीकापुर बजार बन्द गराउँदै आएका छन। घटनामा संलग्न तातापानीका लोकेन्द्र शाही र पुरे शाही फरार रहेका छन। प्रहरीले तातापानीका स्थानीय होटल सञ्चालक नरबहादुर भण्डारी र उनका छोरा राजेशलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। कुइने पुलमा आगो लगाएपछि झुलुङगे पुलका तीनवटा डोरी समेत टुटेको स्थानीयले बताएका छन।  सुर्खेत र कैलाली सीमामा पर्ने कुइने पुल दुई जिल्ला जोड्ने त्यस क्षेत्रको एउटा मात्र पुल हो। पुलमा आगो लगाइएपछि दुइवटै जिल्लाको आगामन अवरुद्ध भएको छ।  उनको खोजीको लागि गरिएको बन्दका कारण आइतबार कैलालीको टीकापुरबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न सकेका छैनन।









source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login