धर्म जागरण महासभाद्वारा मुलुक हिन्दु राष्ट्र घोषित

काठमाडौं, वैशाख ५ - राजधानीमा जारी राष्ट्रिय धर्म जागरण महासभाको अन्तिम दिन आइतबार नेपाललाई हिन्दु राष्ट्रको घोषणा गरिएको छ। हिन्दु राष्ट्रको माग गर्दै वैशाख एक गते देखि जारी महासभा आइतबार पाँच बुँदे घोषणापत्र जारी गर्दे सम्पनन भएको छ।      आइतबार शहिदमञ्चमा आयोजित घोषणामासभामा नेपाललाई हिन्दुराष्ट्र घोषणा गरिएको छ। घोषण पत्रमा मुलुकमा सनातन ज्ञानविज्ञान विश्वविद्यालयको स्थापना र सञ्चालन गर्ने, सम्पूर्ण जातिजनजातिको उत्थानका काम गर्ने, प्रयोगात्मक शिक्षा र साधनाका लागि सङ्गठनका केन्द्हरू स्थापना गर्ने र विश्वभरका सबै आस्थावानलाई कुनै भेद्विना समता र ममताका साथ आस्था प्रकट गर्ने बुँदा रहेका छन रहेका छन्। महासभाका संयोजक शंकरप्रसाद पाण्डेले घोषणापत्र बारे बताउदै नेपाललाई विश्वसामूू फेरी हिन्दुराष्ट्रको रुपमा अस्तित्वमा ल्याउनु पर्ने बताए। उनले नेपालका सम्पूर्ण नेपालीलाए घोषणापत्र पारित गर्न अनुरोध गरे। 'सम्पूर्ण नेपाली जनताबाट यसलाई अनुमोदन गर्न हामी हस्ताक्षर संकलन गर्नेछौं,' उनले भने। आयोजकले आगाी दिनमा पनि हिन्दु राष्ट्रकालागि संघर्षका कामहरू गर्ने जनाएका छन्।  हिन्दुराष्ट्र घोषणा गर्न आयोजना गरिएको सभामा नेपाल तथा भारतको वनारसबाट विभिन्न गुरुहरूले नेपाल हिन्दुराष्ट्र घोषणा हुनुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए । कार्यक्रममा जगतगुरू बालसन्त मोहनशरण देवाचार्य, वनारसका विभिन्न विश्वविद्यालयबाट आएका कमलेश झा, गोपालप्रसाद अधिकारी, हाकिमप्रसाद भण्डारी,लेखनाथ आचार्य लगाएतका सन्तहरूको उपस्थिती थियो। महासभामा नेपालका स्वामी चन्द्रेश, ज्ञानानन्द, भागवताचार लगायतको सहभागिता थियो।









source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login