विषादीले एकै दिन १५ गिद्ध मरे


बिजौरी -दाङ, चैत्र ६  - जटायु रेस्टुरेन्टमा संरक्षण गरिएका १५ वटा गिद्ध विषादीका कारण मरेका छन् । बिजौरीस्थित पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रले सञ्चालन गरेको जटायु रेस्टुरेन्ट क्षेत्र नजिकै विषादी हालेको सिनो खाएपछि गिद्ध मरेका हुन् । 


हापुर ६, हिम्मतपुरका टेकबहादुर रोकाको कुकुरलाई कसैले विष खुवाएर मारिदिएपछि गिद्धले खाएका थिए । बिष हालेको सिनो खाएपछि १४ गिद्ध उक्त ठाउँमै मरेको र एक गिद्ध रेन्टुरेन्टभित्रै मरेको केन्द्र अध्यक्ष डिल्लीबहादुर रावतले बताए ।



 सिनोका कारण अन्य २५ भन्दा बढी गिद्ध पनि मरेको हुनसक्ने रोकाले बताए । 'दुःख गरी संरक्षण गरेका गिद्ध एकै दिन नष्ट भए', उनले भने, 'मानिसको सानो लापरवाहीले ठूलो क्षति भयो ।'



मरेका सबै गिद्ध डंगर प्रजातिका रहेको उनले बताए । बिजौरी ९, स्यालापानीमा सञ्चालित जटायु रेस्टुरेन्टमा विभिन्न प्रजातिका सयभन्दा बढी गिद्ध रहेको रावतले बताए । 'शुद्ध आहाराका लागि रेस्टुरेन्टमा स्वच्छ पशु राखिएको छ । 



३० वटा पशु राखेर पशु वृद्धाश्रम पनि बनाइएको छ', उनले भने, 'गिद्ध आहारा खोज्दै टाढासम्म पुग्ने भएकाले चाहेअनुसार संरक्षण गर्न कठिन भयो । गाउँलेको लापरवाहीले ठूलो लगानी खेर गयो ।'



जटायु रेस्टुरेन्ट खुलेपछि गिद्धको संख्या बढेको थियो । साथै जिल्लालाई गिद्ध मृत्युको मुख्य कारण मानिएको 'डाइक्लोफेनेक' औषधिमुक्त क्षेत्र घोषणा गरिएको छ । विषादी प्रयोग गरिएका सिनो सुरक्षित गाड्नुपर्नेमा चेतना फैलाउन नसक्दा संरक्षित गिद्ध पहिलोपटक यति ठूलो संख्यामा मरेका हुन् । 'मुक्त क्षेत्र घोषणा गरे पनि कार्यान्वयन हुन सकेन', रावतले भने, 'चेतना अभावमा यस्तो गल्ती भएको हो ।'



लालमटिया ४ स्थित कालिका सामुदायिक वनमा स्थानीय वन समूह र बिजौरी ३, स्यालापानीमा पर्यावरणीय दिगो विकास केन्द्रले तीन वर्षदेखि जटायु रेस्टुरेन्ट सञ्चालन गरेका छन् । नेपालमा पाइने ८ प्रजातिमध्ये लालमटियामा सात प्रजातिका गिद्ध पाइन्छन् । हाडफोर बाहेक डंगर, सानो खैरो, खैरो, हिमाली, सुन, गोब्रे सेतो र राज जातका गिद्ध रहेको कालिका जटायु रेस्टुरेन्टका संयोजक मोती अधिकारीले बताए ।



 सबै नागरिक सचेत नहुँदासम्म गिद्ध संरक्षणम कठिनाइ हुने उनले बताए । कालिका वनमा अहिले १ सय ३५ बढी गिद्ध रहेको अधिकारीले बताएका छन् । पशुमा विषादी प्रयोग नरोक्दासम्म गिद्ध बचाउन समस्या हुने उनले बताए ।


source:-kantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login