‘महामूर्ख भए सिकेलाल’


जनकपुर, चैत्र ६ - मिथिला नाट्यकलाले शनिबार यहाँ आयोजना गरेको महामूर्ख सम्मेलनमा सुपरिचित राजनीतिक समिक्षक सिकेलाल महामूर्ख घोषित भएका छन् ।
 नाट्य संगित प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रमेश रञ्जन झा, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रामभरोस कापडि र नाटककार महेन्द्र मलंगियाले उनलाई काउलीको माला, प्रशस्ती पत्र तथा प्रेमोपहार प्रदान गरेर वर्ष २०६७ को महामूर्ख घोषणा गरेका थिए ।
यसै गरी प्राज्ञ रमेशरञ्जन झालाई मूर्खाधिराज, अर्का प्राज्ञ रामभरोस कापडिलाई पट्टमूर्ख, जनकपुर नगर पालिकाका पूर्व प्रमुख बजरंगप्रसाद साहलाई चौपटानन्द , प्रमुख जिल्ला अधिकारी डा.कमलेश्वर सिंहालाई सोटाचन्द, एसएसी नवराज सिलवाललाई हराशंख, एसपी दीनेश अमात्यलाई लभलाईटीश, सशस्त्रका एसपी कविराज श्रेष्ठलाई पोपटलालको पदवी प्रदान गरिएको थियो । कायक्रममा बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका प्रमुख दीगम्वर राय,प्रा,परमेश्वर कापडि, साहित्यकार शीतल झा ,रुद्रकुमार झा मडई र इन्जिनियर सुभाषचन्द्र साहलाई पनि विशेष मान पदवी प्रदान गरेर सम्मानित गरिएको थियो । सम्मानित व्यक्तित्वहरुलाई तरकारीको माला , प्रमाणपत्र र प्रेमोपहार प्रदान गरिएको थियो ।
कार्यक्रममा हास्य कवि गोष्ठी, फागु गीत तथा हाँस्य क्षणीका पनि प्रदर्शन गरिएको थियो । हजारौंको सहभागितामा सम्पन्न कार्यक्रमबारे प्रकाश पार्दै सम्मानित व्याक्तित्व सिके लालले भनेका थिए, ‘आत्म आलोचना गर्ने मिथिलाको पुरानो परम्परालाई निरन्तरता दिन खोजिएको अनुभव गरे ।’
कायक्रका प्रमुख अतिथि प्राज्ञ रमेश रञ्जन झाले आधुनिकीकरण संगै ओझेलमा पर्दै गएको मैथिली संस्कृतिलाई जगेर्ना गर्न मिनापले चलाएको यस अभियानको प्रशंसा गरे । उनको कथन थियो,‘मुलुक भित्रका साहित्य, कला र संस्कृतिको जगेर्ना गर्न राज्यले सकारात्मक भूमिका खेल्नु पर्छ ।
मिनापका पूर्व अध्यक्ष सुनिल मिश्रको निर्देशनमा मन्चित दुई नाट्य क्षणीका दर्शकलाई मन्त्र मुग्ध पारेको थियो भन्ने मिनाप अध्यक्ष सुनिल मल्लिक र राम नारायण ठाकुरको युगल जोडीले गाएको फागु गीतमा सिंगै कार्यक्रम स्थल एकाकार भएका थिए ।
 source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login