राजाको तस्बीर भएका नोट नचल्ने


alt
काठमाडौं, माघ ५ । आउँदो चैत्र महिनादेखि राजाको तस्विर अंकित नोटहरु नचल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले आगामी फागुनभित्रै 
राजाको तस्वीर अंकित नोट बजारबाट खिच्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ ।
नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अश्विनीकुमार ठाकुरले पुराना नोटका आयु कम हुने भएकोले राष्ट्र बैंकले त्यस्ता नोट खिचेर सफा नोट मात्र चलनचल्तीमा लैजान लागेको जानकारी दिए ।
‘ग्राहकलाई पुराना, कोरिएका, स्टिच लागेका र राजाका तस्वीर भएका नोट भुक्तानी नदिन बैंक तथा बित्तिय संस्थाहरुलाई निर्देशन दिइसकेको विभागका कार्यकारी निर्देशक ठाकुरले बताए । ग्राहकबाट बैंक तथा बित्तिय संस्थामा आएका नोट राष्ट्र बैंकमा साटेर सफा नोट लैजाने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
ठाकुरका अनुसार पुराना र राजाको तस्वीर अंकित नोट चैत्रपछि निश्चित ठाउँमा मात्रै केही अवधिका लागि लिने गरी नीति बनाइने र सो अवधिमा नआएमा प्रचलनमा प्रतिबन्ध लाग्ने छ ।
विक्रम सम्बत् २०६३ सालयता नेपाल राष्ट्र बैंकले राजाका तस्वीर अंकित नोट प्रचलनमा ल्याएको छैन । त्यसअघिका नोट पुराना भइसकेकाले खिच्न लागिएको हो । पुराना नोटको आयु डेढ वर्षमात्र भए पनि गुणस्तरका हिसाबले राष्ट्र बैंकले चार बर्ष गणना गर्ने गरेको छ
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login