अजयकुमार साह, जनकपुरबाट, २६ पुस जनकपुरमा अपराधिक गतिविधि नियन्त्रण गर्नका लागि ठाउँ-ठाउँमा सिसिटीभी क्यामेरा जडान गर्ने कार्य प्रारम्भ भएको छ । सिसिटिभी क्यामराको लागि जिल्ला प्रहरी कार्यालय धनुषाको परिशरमा केबल विछाउने कार्य सुरु भइसकेको छ । जिल्ला प्रहरी कार्यालयमा उक्त कार्य सम्पन्न भइसकेपछि नगरको विभिन्न चौकमा क्यामेरा जडान हुने बताइएको छ । जनकपुरको विद्यापति चौक, विश्वकर्मा चौक, जीरोमाइल, रामानन्द चौक, जनक चौक, भानु चौक, जानकी मन्दिर अगाडि, सुनचादी बजार एरिया सहितका ठाउमा सिसिटिभी क्यामेरा जडान हुने प्रहरी निरिक्षक हरि खतिवडाले बताउनु भएको छ । ३५ देखि ५० लाख रुपिया सम्मको लगानी लाग्न सक्ने अनुमान सहित स्थानीय व्यापारी बैर्ंकर्स सहितका व्यक्तिहरुबाट करिब ८० प्रतिशत रकम असुल भइसकेको निरीक्षक खतिवडाले बताउनु भयो ।
source:-dainikee


0 commentaires