२६ पौष, काठमाडौं । उत्तरी इरानमा विमान दुर्घटना हुँदा कम्तीमा ७२ जनाको मृत्यु भएको छ । विमानमा सवार एक सयभन्दा बढी यात्रुमध्ये ३३ जना भने बाँच्न सफल भएका छन् ।
राजधानी तेहरानबाट ओरुम्मिहका लागि उडेको बोइङ ७२७ विमान ओरुम्मिह भन्दा सात सय किलोमिटर वरै दुर्घटना भएको हो । खराब मौसमका कारण विमान दुर्घटना भएको हुनसक्ने इरानका सरकारी टेलिभिजनहरुले जनाएका छन् । हिउँमा खसेर विमान टुक्रा टुक्रा भए पनि आगलागी भने नभएको अधिकारीहरुले बताएका छन् ।
यसअघि इरानमा सन् २००९ मा विमान दुर्घटना हुँदा एक सय ६८ जनाको मृत्यु भएको थियो । स्रोत : एजेन्सी
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires