रोम, माघ १ (एएफपी)- इटालीका प्रधानमन्त्री सिल्भिया बुर्लुस्कोनी नाबालकसँग यौन सम्बन्धका कारण विवादमा तानिएका छन्। त्यहाँको संवैधानिक अदालतले बुर्लुस्कोनीलाई कारवाही अघि बढाउन बाटो खोलिदिएपछि अहिले सरकारी वकिलको कार्यालयले यस सम्बन्धी अनुसन्धान थालेको छ।
अनुसन्धानमा बेर्लुस्कोनीले रुबी नामकी ती किशोरीसँग सन् २०१० फेब्रुअरी र मेमा यौन सम्पर्क राखेका थिए वा थिएनन् भनेरसमेत अनुसन्धान गर्नेछ। कार्यालयले त्यस समयमा रुबी नाबालक रहेको जनाएको छ।
चोरीका आरोपमा मे महिनामा रुबी मिलानबाट पक्राउ परेपछि उनलाई प्रहरी हिरासतबाट छुटाउन समेत प्रधानमन्त्री बेर्लुस्कोनीले फोन गरेको भन्ने विषय बाहिर आएको छ। यस बारे पनि अनुसन्धान गरिने भएको छ।
इटालीका मिडियाले 'रुबीगेट'को संज्ञा दिएका छन्। एउटा स्थानीय दैनिक समाचार पत्रले प्रधानमन्त्रीले मिलान शहर नजिकै धेरै वटा सप्तान्तमा सहभागी भएका उनका ग्राहक नाबालक थिइन् भन्ने यथार्थलाई प्रधानमन्त्रीको लुकाउने कोसिस गरेको जनाएको छ।
सो पत्रिकाले लेखेको छ, उनका घरमा हुने भोजहरुमा के के हुन्थ्यो भनेर विस्तृत कुरा सार्वजनिक नहोस भनेर उनी सबै विषय गोप्य राख्न चाहन्छन्।
यसैबीच एउटा समाचार संस्थाले मिति नतोकी उनलाई अदातलले बयानका लागि बोलाएको समाचार लेखेको छ। महिलासँगका सम्बन्धलाई लिएर कुख्याति कमाएका ७२ वर्षे प्रधानमन्त्री बुर्लुस्कोनीले आफू सन्त नभएको अभिव्यक्ति दिएका छन्। तर उनले यौनका लागि रकम नदिएको दाबी गरेका छन्। वास्तविक नाम कारिमा एल माहरोउग भएकी रबीसँग यौन सम्पर्क राखेको विषय उनले अस्वीकार गरेका छन्।
नोभेम्बरमा १८ वर्ष पुगेकी रुबीले प्रधानमन्त्री मिलान नजिकैको आवासमा भएको पार्टीमा पैसा लिएर सहभागी भएको दावी गरेकी छिन्। उनले बेर्लुस्कोनीसँग यौन सम्पर्कलाई भने अस्वीकार गरेकी छिन्।
शुक्रबार रिपब्लिकामा प्रकासित अन्तर्वार्तामा ती मोरक्काली युवतीले एर्कोरेमा तीन पटक आयोजित भोजमा संलग्न रहेको बताएकी छिन्। उनले प्रधानमन्त्री 'एक्लो र दुःखी' रहेको बताइन्।
अर्बपति प्रधानमन्त्री भर्खरीका केटीहरुका लागि आयोजना गर्ने गरेको भोजहरु यसअघिदेखि नै अनुसन्धानको विषय बनेका छन्। त्यस्ता पार्टीमा बोलाइने युवतीहरुले एक पटक सहभागी भए बापत ५ हजार युरो प्राप्त गर्ने गरेको तथ्य पत्रिकाहरुले छापेका छन्।
source:-nagriknews


0 commentaires