बेलायतमा रोजगारी बढ्दै


८ माघ, लन्डन । बेलायतमा आर्थिक मन्दीको असर कायमै रहेकाले सन् २०११ मा बेरोजगारी सङ्ख्या अझै बढ्न सक्ने सङ्केत सर्वेक्षणहरूले देखाएको छ । इन्स्टिच्युट अफ पब्लिक पोलिसी रिसर्च (आइपीपीआर) का विज्ञहरूका अनुसार बेलायलमा रोजगारीको सिर्जनाका क्षेत्रहरू साधुरिएको कारण सन् २०११ मा बेरोगारीको सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ ।
आइपीपीआरका प्रमुख अर्थशास्त्री टोनी डोलफिनका अनुसार बेलायतको अर्थतन्त्र सन्तोषजनक सुधार आउन नसकेको कारण त्यसको नकारात्मक प्रभाव रोजगारीको क्षेत्रमा परेको देखिएको छ । बेलायतमा बेरोजगारीको सङ्ख्या घटाउनका लागि कम्तीमा पनि दुई प्रतिशतको आर्थिक वृध्दिदर आवश्यक पर्ने बताउनुभयो । बेलायत सरकारको राष्ट्रिय तथ्याङ्क कार्यालयले गत महिनका लागि प्रकाशित गरेको तथ्याङ्कमा विगत तीन महिनामा करिब ३५ हजार बेरोजगार थपिएको देखाइएको छ ।
हाल बेलायतमा बेरोजगारको सङ्ख्या करिब २५ लाखको हाराहारीमा रहेको अनुमान गरिएको छ । करिब सात दशमलव नौ प्रतिशत बेरोजगार रहेको बेलायतमा पूर्ण रूपमा रोजगार नपाएकाहरू आˆनो क्षमताभन्दा तल्लो स्तरको काममा व्यस्त हुनुपर्ने बाध्यता मात्र नभएर पार्टटाइम रोजगारमा नै चित्त बुझाउनुपर्ने अवस्था बेलायतमा हाल धेरैले भोग्दै आएको समस्या हो ।
बेलायतमा सन् २०११ सरकारी क्षेत्रको रोजगारी सिर्जना खासै उत्साहजनक नरहे पनि निजी क्षेत्रले भने रोजगारीको अवसरहरूमा वृद्धि गर्न सकने राम्रो सम्भावना देखिएको भए पनि त्यो आवश्यकताको हिसाबले पर्याप्त नहुने भएकाले यस वर्षको मध्यसम्ममा बेरोजगारीको आठ दशमलव एक प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ । बेलायतको हालको आर्थिक वृद्धिदर भने एक दशमलव नौ प्रतिशत रहेको छ ।

source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login