प्रहरी र बन्दकर्ताबीच झडप, तीन दर्जन घाइते


मिथिलेश यादव, लहान, माघ ८- सिरहाको गोलबजारमा प्रहरी र बन्दकर्ताबीच भएको झडपमा तीन दर्जन घाइते भएका छन्। बिहीबार राति अपहरित असनपुर-४ का १९ वर्षीय सरोज साहलाई छुटाउन प्रहरी उदासिन बनेको भन्दै राजमार्ग बन्द गरेका गोलबजारबासी र प्रहरीबीच झडप भएको हो।


झडपमा परी सख्त घाइते भएका असनपुर-७ का दीपनारायण राउतको उपचार लहान नर्सिङ होममा भइरहेको छ। पूर्व-पश्चिम राजमार्गको गोलबजार खण्डमा टायर बालेर गरिएको चक्का जाम खुलाउने क्रममा प्रहरीले लाठीचार्ज गर्दा झडप भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। झडपमा परी प्रहरी पनि घाइते भएको सिरहा प्रहरी नायव उपरीक्षक नरेन्द्र उप्रेतीले बताए।

प्रहरीले बल प्रयोग गरी राजमार्ग सुचारु गराए पनि गोलबजारका पसल शैक्षिक संस्था पूर्णरुपले बन्द छ। पुनः राजमार्ग बन्द गराउन सक्ने सम्भावनालाई मध्यनजर गरी गोलबजारमा ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ। झडपपछि यहाँ तनाव छ।

साहलाई नछुटाए शनिबार बिहानैबाट आन्दोलन गर्ने गोलबजार व्यापार सङ्घ र स्थानीयले शुक्रबार विज्ञप्तिमार्फत सार्वजनिक गरेका थिए।

गोलबजारमा शिवालय मनी ट्रान्फर चलाउँदै आएका साह बिहीबार राति पसल बन्द गरी असनपुर-४ स्थित घर फर्कंदै गर्दा गोलबजारको निपाने चोकमा हतियारसहितका समूहले अपहरण गरेको प्रत्यक्षदर्शी साहका दाइ विनोद साहले बताए।

source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login