जुम्ल्याहा दाजुबहिनी कलेज टप

रुबी रौनियार, काठमाडौं, माघ ३- ग्लोबल कलेज अफ म्यानेजमेन्टमा कक्षा ११ अध्ययनरत जुम्ल्याहा दाजुबहिनीले परीक्षामा उत्तिकै अंक पाएका छन्। पुस २८ मा प्रकाशित कक्षा ११ को नतिजामा दाजु अरूण र बहिनी एन्जिला घिमिरे दुवैले व्यवस्थापन संकायको ५ सय पूर्णांकमा ४ सय १७ पाएका छन्। ८३.४ प्रतिशत ल्याएर दुवैले कलेजटप गरेका छन्। उनीहरूले गणित (९२) र अर्थशास्त्र (८१) मा पनि बराबर नम्बर ल्याएका छन्। 

'नेटमा सुरुमा दाजुको नम्बर हेर्दा ८३.४ प्रतिशत देखियो,' एन्जिलाले भनिन्, 'मेरो कम आएछ कि भनेर हेर्दा उत्ति नै रहेछ।' यसअघिका परीक्षामा एन्जिलाले दाजुभन्दा बढी नम्बर ल्याउने गरेकी थिइन्। जुम्ल्याहा छोराछोरीको एउटै नतिजामा विश्वास नलागेर बाबु रुद्र आफैंले चारपटक नेटमा हेरेको बताए। नेपाल राष्ट्र बैंकका उपनिर्देशक रुद्रले भने, 'सधैं छोरीले जित्थी, यसपटक बराबर भए।'

स्कुलदेखि नै दाजुलाई जित्दै आएकी एन्जिला यसपालि पनि उत्कृष्ट हुनेमा ढुक्क थिइन्। 'मेरो एक प्रतिशतमात्र बढी आएको भए पनि म उत्कृष्ट छात्रा हुन्थेँ,' एन्जिलाले भनिन्, 'दाजुबहिनी दुवै कलेज टप हुँदा पनि खुसी छु तर एक्लै हुँदा बेग्लै मजा हुन्थ्यो।'

दाजु भने बहिनीसँग बराबरी गर्न पाएकामा निकै खुसी देखिन्छन्। उनले भने, 'म सानैदेखि बहिनीलाई जित्न चाहन्थे, बल्ल यसपालि बराबर हुन पाएँ।' दाजुबहिनी एकआपसमा कपी र नोट साट्दैनन्। आपसमा पढाइबारे हत्तपत्त कुरै गर्दैनन्। दुवैले भने, 'हामी एक्लाएक्लै पढ्छौं, सँगै पढ्दैनौं।' एक्लै बसेर पढ्दा राम्ररी बुझ्ने उनीहरू बताउँछन्। एन्जिला त दाजुलाई पढाइमा प्रतिद्वन्द्वी नै मान्छिन्। रटेरभन्दा बुझेर र लेखेर पढ्ने दुवैको बानी छ। बुवा रुद्र पनि उनीहरूबीच एकापसमा अगाध माया भए पनि पढाइमा प्रतिद्वन्द्वीझैं भएको बताउँछन्।

लेखा विषयमा रुचि राख्ने एन्जिला बुवाजस्तै बैंक म्यानेजर बन्न चाहन्छिन्। अरूण चार्टड एकाउन्टेट बन्न चाहन्छन्।

कलेजका संस्थापक प्रिन्सिपल नरबहादुर विष्टका अनुसार एउटै संकायमा दुईजना विद्यार्थी उत्कृष्ट अंक ल्याएर पास भएको यो पहिलो घटना हो। अरुण र एन्जिला दुवै ज्ञानी, अनुशासित र उत्कृष्ट भएको बिष्टले उल्लेख गरे। कलेजले दुवैलाई कक्षा १२ मा निशुल्क पढाउने छ।

source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login