'अहिले पत्रकार चिनिराख, पछि ठीक पार्नुपर्छ'

श्याम भट्ट, काठमाडौं, पुस ३०- नख्खु खोला मिचेर दक्षिणी ललितपुर टीकाभैरवका ढुंगाखानीसम्म पुगेको विवादास्पद बाटोलाई प्रमुख राजनीतिक दलका स्थानीय नेता र जिल्लाका सभासद्ले हेटौंडा जोड्ने लोकमार्गको खण्ड भनी बचाऊ गरेका छन्।

 सर्वदलीय राजनीतिक संयन्त्रको आडमा अवैध ढुंगाखानी प्रवर्द्वन गर्न बनेको सडकले ललितपुरका दक्षिणी गाविस हु"दै हेटौंडा जोड्ने कान्ति लोकथप निर्माण गर्न लागेको नया" तर्क उनीहरूले ल्याएका छन्।
संयन्त्रले विहीबार ललितपुर जिविसमा आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादी, कांग्रेस, एमालेका स्थानीय नेता र पा"च सभासद्ले विकास बिरोधीहरूले 'नख्खु कोरिडोर'बारे भ्रम फैलाएको आरोप लगाए।

टीकाभैरबबाट ललितपुरको देवीचौर, दल्चोकी, भट्टेडाँडा, माल्टा र मकवानपुर ठिंगन हुँदै हेटौंडा जोड्न कान्ति लोकपथलाई चक्रपथस"ग जोड्न नख्खुखोला किनारैकिनारै सडक बनाएको दाबी दलहरूले गरेका छन्।

नख्खु खोला मिचेर बनेको सडकको समर्थन गर्न सम्मेलनमा माओवादी सभासद् वर्षमान पुन, पम्फा भुसाल, गंगा पराजुली, मालेकी जनककुमारी चालिसे र नेकपा एकीकृतकी राधा तिमल्सिना उपस्थित थिए।

माओवादी, कांग्रेस, एमाले, माले र एकीकृतका जिल्ला नेताले हस्ताक्षर गरेको विज्ञप्तिमा 'लोकपथ जोड्ने महŒवपुर्ण खण्डका रूपमा नख्खु खोलामा सडक बनेकामा हाउजिङ कम्पनी, काला व्यापारी र सञ्चारकर्मीको स्वार्थमा विकासविरोधी प्रचार गरिएको' भनिएको छ।

स्थानीयको मागअनुसार जिल्ला परिषद्बाट १ करोड १० लाख रुपैया" विनियोजन गरेको उनीहरूले जानकारी गराए। यसमध्ये ६० लाख खर्च भइसकेको छ। सडक बनाउ"दाको किचलोमा पुनरावेदन अदालतले सफाइ दिइसक्दा पनि केही व्यक्तिको स्वार्थमा विवाद ल्याउने काम भएको आरोप उनीहरूले लगाए।

संयन्त्रले पत्रकार सम्मेलनमा उपस्थित हुन महŒवपूर्ण सरकारी कार्यालयका प्रमुखलाई डाकेको भए पनि एलडिओबाहेक कोही पनि उपस्थित भएनन्। जिल्लास्तरीय नेताले पटकपटक अनुरोध गर्दा पनि सिडिओ रत्नराज पाण्डे र जिल्ला प्रहरी परिसरप्रमुख एसपी विक्रम थापा कार्यक्रममा उपस्थित हुन मानेनन्।

उनीहरूले राजनीतिक संयन्त्रको आवरणमा ढंुगाखानीवालाले गरेको कार्यक्रममा उपस्थित हुन नसकिने जवाफ दिएका थिए। अझ थापाले पाखुराको बलमा खुलेको सडकलाई वैधानिकता दिन नसकिने प्रतिक्रिया आयोजकलाई दिए।

'वातावरण बिगार्न खोज्नेहरूको कार्यक्रममा म गइनँ,' थापाले भने 'अवैज्ञानिक तरिकाले भइरहेको प्राकृतिक सम्पदा दोहनमा मेरो विमति छ, त्यसैले सहमति जनाउन जाने कुरै भएन।'

दलहरूले कान्ति लोकपथका लागि नख्खु खोलामा सडक बनाएको भने पनि सडक विभागको योजनामा यसबारे केही उल्लेख छैन। जिल्लास्तरीय योजना र केन्द्रीय योजनाको विवरण राखिने रातो किताबमा पनि यो खण्डबारे एक शब्द नलेखिएको जानकारी सडक विभागले गराएको छ। 

सडकले कान्ति लोकपथको शून्य विन्दु सातदोबाटो मानेको छ। यही योजनाअनुसार चापागाउँदेखि टीकाभैरवसम्मको सडक दुई लेन चौडा पार्ने काम जारी छ।

नख्खु खोलालाई कुलो बनाएको सडक लेले र नल्लु गाविसको वन सखाप पार्दै ढंुगाखानीमा गएर टुंगिएको छ।

अतिक्रमण रोक्न मन्त्रिपरिषद्ले नख्खु खोलाबीचबाट दाया"वाया" १२/१२ मिटर चौडा राख्नुपर्ने दुई वर्षअघि गरेको निर्णय मिचेर बाटो बनाउ"दा जिविसले सार्वजनिक सूचनासमेत जारी नगरेको स्थानीय बताउ"छन्।

सडकको नक्सा एकातिर र सडक अर्कोतिर बनेको जिविसका जिल्ला इन्जिनियर माधवप्रसाद भट्टराईले बताए।

विज्ञप्तिमा माओवादी जिल्ला इन्चार्ज हरि दाहाल, कांग्रेस जिल्ला सभापति मदन अमात्य, एमाले जिल्ला अध्यक्ष मधुसुदन पौडेल, मालेका जिल्ला सचिव मधुकुमार चालिसे र नेकपा एकीकृत जिल्ला सचिव भुपेन्द्र नेम्वाङले हस्ताक्षर गरेका छन्।

पत्रकारलाई धम्की
नख्खु खोला मिचिएको तथा लेले र नल्लुमा खानीबारे नियमित समाचार प्रकाशितपछि आयोजित पत्रकार सम्मेलनमा पत्रकारलाई धम्क्याइएको छ।

'सधैं पुलिसको गाडी चढेर तस्बिर लिन सकिन्न, पैदल पनि हिँडनुपर्छ,' पत्रकार सम्मेलनमा नेताहरूले भने, 'खानीबारे आइन्दा समाचार लेखियो भने राम्रो हुँदैन।' नख्खु बाटोसम्बन्धी पत्रकार सम्मेलन भनिए पनि खानीमालिक र तिनका 'वाउन्सर'ले पत्रकार सम्मेलन भरिभराउ थियो।

'अहिले पत्रकार चिनिराख, पछि ठीक पार्नुपर्छ भने,' पत्रकार महासंघ ललितपुरका कोषाध्यक्ष अमृतनाथ तिमिल्सिनाले भने। पत्रकार सम्मेलनका नाममा बेसरोकारका सयौं मानिस बोलाएर सभासद्कै अगाडि पत्रकारमाथि दुर्व्यवहार गरिएकामा पत्रकार महासंघ ललितपुर र प्रेस युनियनले खेद प्रकट गर्दै विज्ञप्ति जारी गरेका छन्।

महासंघ ललितपुर शाखासचिव पूर्णसिंह बराइलीले जनप्रतिनिधि र जिल्ला प्रमुखकै अघि पत्रकार धम्क्याउने कार्य निन्दनीय भन्दै दुःख प्रकट गरेका छन्। प्रेस चौतारीका उपत्यका केन्द्रीय सदस्य उपेन्द्र केसीले विज्ञप्ति जारी गरी राजनीतिक नेताहरूको प्रवृत्तिको भर्त्सना गरेका छन्।

संसदीय समिति सक्रिय
संसदको प्राकृतिक स्रोत साधन समितिले ललितपुरको नख्खु खोला मिचिएको तथा लेले र नल्लु गाविसमा सञ्चालन भइरहेका खानीबारे जानकारी लिन सरोकारवाला मन्त्रालयका सचिव र कार्यालय प्रमुखलाई सोमबार समितिमा बोलाएको छ।

समितिले गृहसचिव गोविन्द कुसुम, वनसचिव युवराज भुसाल र स्थानीय विकाससचिव कृष्ण ज्ञवाली, ललितपुर सिडिओ पाण्डे, एसपी थापा, एलडिओ विष्णुप्रसाद ढकाल, डिएफओ गौरीशंकर तिमिला र खानी विभाग महानिर्देशक सर्वजीतप्रसाद महतोलाई समितिमा डाकिएको छ।

source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login