एनजिएनको सट्टा ओएनयु प्रविधि ल्याउँदै टेलिकम

काठमाडौं, पुस २४ - नेपाल टेलिकमले एउटै तारबाट टेलिफोन, इन्टरनेट र केबल टिभी चल्ने नेक्स्ट जेनेरेसन नेटवर्क (एनजिएन) उपकरण किन्न खोजेकोमा अख्तियारले रोकेपछि छुट्टै प्रकृयाबाट त्यस्तो प्रविधि किन्ने तयारी गरेको छ। टेलिकमले एनजिएन जस्तै अप्टिकल नेटवर्क युनिट (ओएनयु) प्रविधि ल्याउन टेण्डर आव्हान गरिसकेको छ।  


टेलिकमले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार ८० वटा ओएनयु किनेर एक महिनाभित्र उपकरण ल्याउने तयारी भैरहेको छ। यसमध्य १४ वटा काठमाडौं क्षेत्रीय निर्देशनालय र बाँकी बाहिर जडान गरेर सेवा वितरण गरिने टेलिकम प्रवक्ता सुरेन्द्र थिकेले बताए। 
अख्तियारले एनजिएनको टेण्डर रद्ध गर्न निर्देशन दिएपछि ब्रिज प्रोजेक्टको रुपमा ओएनयु ल्याउन लागिएको हो। यसमा २५ हजार पाँचसय टेलिफोन र तीनहजार ६ सय एडिएसएल सञ्चालन गर्न सकिन्छ। टेलिकमले यो प्रविधिलाई चालु आर्थिक वर्ष २०६७/६८ भित्र जडान गरिसक्ने लक्ष्य लिएको छ। 
पत्रकार सम्मेलनमा टेलिकमका प्रवन्ध निर्देशक अमरनाथ सिंहले निजी क्षेत्रबाट प्रतिस्पर्धीहरु आक्रामक रुपमा आइरहेकोले सरकारी नीति नियममा बाँधिएर बस्नुपर्दा कठिनाई भएको उल्लेख गरे। प्रतिस्पर्धी कम्पनीले एउटा बैठकको भरमा उपकरण किन्न सक्ने तर टेलिकम भने सरकारी नीति नियममा बाँधिएर बस्नुपर्दा कम्पनीले सेवा विस्तार गर्न नसकेको उनले बताए। 
टेलिकमको अवस्था सुधार्न र प्रतिस्पर्धामा खरोसँग उत्रन रणनीतिक साझेदार ल्याउनुपर्ने अवस्था रहेको उनले बताए। सरकारले टेलिकमको सेयर समेत दिनेगरि विदेशी रणनीतिक साझेदार टेलिकममा ल्याउने तयारी गरिरहेको छ। 'यही नियम कानुनमा बाँधिएर रणनीतिक साझेदार ल्याएको खण्डमा संस्था अघि बढ्न सक्दैन,' सिंहले भने। 
सिंहले अरनिको राजमार्गमा बिछ्याइएको अप्टिकल फाइबरबाट भारत र चीनबीच टेलिफोन र डाटा आदान प्रदान गर्ने तयारी भैरहेको जानकारी दिए। चीनले निर्माण गरिदिएको यो अप्टिकल फाइबर अहिलेसम्म प्रभावकारी रुपमा टेलिकमले प्रयोग गर्न सकेको छैन। 
टेलिकमले आफ्नो प्राविधिक र व्यबस्थापकीय क्षमता सुधार गर्न एउटै उपभोक्ताका नाममा रहेको तारवाला टेलिफोन, सिडिएमए फोन, मोबाइल, एडिएसएलको एउटै बिलिङ हुने सेवा ल्याउन लागेको छ। यो सिस्टम जडानपछि ग्राहक फरक फरक सेवाको लागि महसुल तिर्न छुट्टाछुट्टै काउण्टरमा जानु पर्दैन। 
टेलिकम सञ्चालक समितिका सदस्य टंकलाल श्रेष्ठले सरकारी संस्था भएको कारणले निजी क्षेत्रसँग प्रतिस्पर्धा गरेर जाने तयारी गर्दापनि बिभिन्न अप्ठेराहरु आइरहेको बताए। हालै अख्तियारले एनजिएन र ३५ लाख लाइन आइपी सिडिएमए मोबाइलको टेण्डर रद्ध गर्न निर्देशन दिएपछि नयाँ विकास कार्यक्रम पुरै प्रभावित भएको टेलिकमका अधिकारीहरुले बताउँदै आएका छन्। 
'अनियमितता भएको हो भने अख्तियारले निर्णयमा संलग्नमाथि कारवाही गर्न सक्नुपर्थ्यो,' श्रेष्ठले भने। 
टेलिकमले १० लाख आइपी सिडिएमए किन्नको लागि टेण्डर आव्हान गरिसकेको छ। केही दिनभित्रै टेलिकमले इन्टरनेट सीप फोन सेवा सुरु गर्न लागेको छ। यो फोनबाट नेपालबाटै नेपालमै र बिदेशबाट समेत नेपालमा कल गर्न सकिन्छ। 
पुस तेस्रो सातासम्म टेलिकमका उपभोक्ता ६१ लाख ९२ हजार पुगेको जानकारी प्रवक्ता सुरेन्द्र थिकेले दिए। यसमध्य सबैभन्दा बढी जिएसएम मोबाइलको ४५ लाख ६० हजार, सिडिएमए १० लाख ४१ हजार पुगेका छन्। ल्याण्डलाइनका ग्राहक ५ लाख ९२ हजार पुगेका छन्। 
भरखरै सम्पन्न लेखापरिक्षण अनुसार टेलिकमले गत आव २०६६/६७ मा १० अर्ब ७७ करोड नाफा गरेको छ। आव २०६५/६६ मा टेलिकमको नाफा १० अर्ब १० अर्ब १७ करोड थियो। 
प्रवक्ता थिकेले दुई वर्ष अघि सुरु गरिएको द्रुत गतिको इन्टरनेट एडिएसएल ६५ वटै जिल्लामा पुगेको घोषणा गरे। मंगलबार भोजपुरमा एडिएसएल सुरु भएपछि देशका ७५ वटै जिल्लामा एडिएसएल पुगेको हो।



source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login