त्यो विवाह, यो विवाह (कला)

काठमाडौ, पुस २५ - 'अहो, हिरोइन जस्तै रहिछन् नि,' त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा चलिरहेको विवाह सामग्री प्रदर्शनी अन्र्तगत राखिएको गायक प्रेमध्वज प्रधानको विवाह तस्बिर हेरेपछि उनकै समवयी लाग्ने महिलाले प्रतिक्रिया दिइन्, 'बेहुली त साँच्चिकै लज्जालु रहिछन् ।' 

त्यसपछि उनले कलाकार नीर शाहको जोडीमाथि आँखा लाइन्, ढाका टोपी, दौरा-सुरुवाल र कोटमा सजिएका तन्नेरी नीर छेवैमा घुम्टो ओढिरहेकी आफ्नी बेहुलीलाई कर्के नजरले हेर्दै थिए । 'उति बेलाका नीर त साँच्चिकै ह्यान्डसम रहेछन्,' विवाह मेला घुम्न आएकी ललितपुर मानभवनकी ४६ वषर्ीया सुशीला चित्रकारले भनिन्, 'मोटाएपछि मान्छेचाहिँ छिट्टै बूढो देखिन्छ कि कसो ?' 

उनको जिज्ञासा छेवैमा सपिङ ब्याग हातमा झुन्ड्याएर तस्बिर हेरिरहेका आफ्नै पति -सूर्य) प्रति पनि थियो, नीर जत्तिकै मोटे पति मुसुक्क मात्र हाँसे । अघिल्तिरबाट डिजेहरूले बजाइरहेको चर्को संगीतबीच यी जोडी बाहिरिए, लगत्तै तीन युवती झुम्मिन आइपुगे प्रतिष्ठित व्यक्तित्वहरूको विवाह तस्बिर नियाल्न । 

बिहीबार सुरु प्रदर्शनीमा 'विवाहमा लगाइने परम्परागत वेशभूषा र गहनाप्रति नयाँ पुस्तालाई आकषिर्त गराउन' सेलिबि्रटी विवाह तस्बिर पनि प्रदर्शनीमा राखिएका छन्, ५५ स्टलमध्ये आधा जति घुमेपछि आइपुग्ने स्टेजकै भित्तामा मदनकृष्ण श्रेष्ठ, डायमनसमशेर राणा, दीप श्रेष्ठ, सन्तोष पन्त, प्रदीप श्रेष्ठ, सुवर्ण क्षेत्री, फत्तेमान राजभण्डारी, रामकृष्ण ढकाल, डा. बाबुराम भट्टराई, राजेन्द्र राईलगायत जोडीका विवाह तस्बिर झुन्ड्याइएका छन् । 

'आम्मै, मदनकृष्ण श्रेष्ठ ?' ताहचलका २६ वषर्ीया निकिभा प्रधान चिच्याइन्, 'कस्तो ख्याउटे, दुब्लो र हाँस उठ्दो ?' नेपा म्युजिकमै केही समययता स्वयंसेवक काम गरिरहेकी प्रधानले सेलिबि्रटी विवाह तस्बिरमध्ये मदनकै जोडी मन पराइन् । झ्यापुल्ले कपालसहितको मदन तस्बिरको प|mेमभित्र सुट, पाइन्ट र टाईमा बेहुलीसहित मन्दिर अघिल्तिर उभिएका छन् । 'मलाई उहाँको हास्य अभिनय निकै मनपर्छ,' निकिभा बोलिन्, 'साँच्चिकै उहाँ उति बेलादेखि नै हाँस उठ्दो हुनुहुँदोरहेछ ।' 

निकिभाकै साथी विमला श्रेष्ठले चाहिँ डा. बाबुरामर हिसिलाको विवाह तस्बिर मन पराइन् । 'राजनीतिक व्यक्तित्व भएकाले,' सामान्य कपडामै दुबोमाला पहिरिएर एक-अर्कामा भलाकुसारी गरिरहेका बाबुराम-हिसिला नियालेपछि उनले भनिन्, 'तस्बिरचाहिँ खाँटी विवाहको हैन जस्तो छ । म्यारिज एनिभर्सरी -वाषिर्की) को पो हो कि ?' 

'सन्तोष पन्त नि कम्ता हिरोचाहिँ हैन है,' विमलाकै छेउ उभिएकी निभा डंगोलले ठट्याउले मुडमा भनिन्, 'मलाई यो जोडी मन पर्‍यो ।' तस्बिर नियालिसकेपछि यी तीनबीच आफ्नो पनि विवाहको कुरा 

चल्यो । छेवैका स्टलहरूमा विवाहलाई चाहिने कपडा, मेहन्दी, मण्डप, डोली, फर्निचरलगायत गिफ्टका अनेक सामग्री नियाल्नेहरूको भीड बढ्दै छ । 'बुझिस् मेरो बिहे त एकदमै रमाइलो तरिकाले गर्छु,' जिन्समा सजिएकी निकिभा साथीहरूसँग मस्किइन्, 'टिपिकल नेपाली तरिकाबाट क्या । साँच्चिकै नेवारी बेहुली बन्ने ।' यही बेला निभाले बिहेको बेला नेवारी बेहुलीले लाउने 'न्यापु शिख:' -पाँचवटा सिक्री भएको परम्परागत घुम्टो) को कुरो झिकिन् र भनिन्, 'मलाई नि त्यस्तै मन पर्छ ।' 

पुरानो नेवारी शैलीको विवाहबारे कुरा भइरहेको बेला विमलाले चाहिँ छेवैको स्टलमा सजाइराखेको डमी बेहुलीतिर आँखा लाइन् । 'मलाई त रातो सारी नै चाहिन्छ,' भनिन्, 'अनि गहना पनि ।' परम्परा नभुलीकन आधुनिकता अगाल्नुपर्छ भन्ने विमलाको भनाइले प्रदर्शनी आयोजक डाइरेक्सन नेपालको मुख्य उद्देश्यलाई मत मिलेको थियो, प्रदर्शनीका संयोजक पशुपति केसी उज्ज्यालो अनुहारसाथ बाहिर-भित्र घुमिरहेका हुन्थे । 'यो एउटा अभियान पनि हो,' उनले भने, 'व्यस्तताका कारण 

वैवाहिक परम्परागत, वेशभूषा र गरगहना बिस्तारै लोप हुँदै जान थालेका छन् । त्यही भएर प्रदर्शनीमा सेलिबि्रटीका विवाह तस्बिरसँगै विभिन्न जातजातिको वेशभूषा र गरगहना पनि राखेका हौँ ।'

 source:-kantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login