माघ ८ - यौनसम्बन्धपछि केही व्यक्ति विचित्र किसिमको रोगले ग्रस्त हुन्छन् । त्यस्तो बेला उनीहरूलाई सम्भवतः आफंैदेखि एलर्जी हुन्छ । यस्तो रहस्यमय रोगलाई वैज्ञानिकहरूले 'पोस्ट अर्गाज्मिक इलनेस सिन्ड्रोम' नाम दिएका छन् ।
नेदरल्यान्डको एक टोलीले अध्ययनपछि भनेअनुसार जुन व्यक्तिमा यौनक्रियापछि पmलुजस्तो लक्षण देखिन्छ, उनीहरूलाई वास्तवमा आपmनै वीर्यदेखि एलर्जी भइरहेको हुने जर्नल अफ सेक्सुअल मेडिसिनमा उल्लेख छ ।
उक्त अनुसन्धान यस्तै समस्याले पीडित ४५ जना डच नागरिकमा गरिएको थियो । ती व्यक्तिमा यौनक्रियापछि ज्वरो, नाकबाट पानी बग्ने, धेरै थाक्ने, आँखा पोल्नेजस्ता लक्षण पाइएको थियो । पीडितमा यस्तो लक्षण एक सातासम्म देखिइरहन सक्छ ।
नेदरल्यान्डस्थित उट्रेच्ट विश्वविद्यालयका यौन साइकोफर्माकोलोजीका प्राध्यापक मार्सल बाल्डिगरका अनुसार यस्ता व्यक्तिले यौनक्रियामा वीर्यपात नभएसम्म कुनै किसिमको असहजता अनुभव गर्दैनन् । तर अण्डकोषबाट वीर्य बाहिर निस्किनासाथ उनीहरू बिरामी पर्छन् । 'कहिलेकाहीँ यस्ता रोगी वीर्य निस्केको केही मिनेटमै थला पर्छन्,' प्रा. मार्सल भन्छन् ।
मार्सलका अनुसार संवेदनशीलता समाप्त गर्ने विशेष किसिमको उपचार माध्यमबाट यो रोगको असर कम गर्न सकिन्छ । रोगीलाई एलर्जी हुने पदार्थसँग बारम्बार सामना गराइन्छ । र, यो प्रकिया विस्तारैविस्तारै बढाउँदै लगिन्छ । यस्तो प्रक्रिया केही वर्षसम्म जारी राख्नुपर्छ ।
source:-kantipur


0 commentaires