काठमाडौं , पुस २१ - राष्ट्रपति रामवरण यादवले माघ दोस्रो साता भारतको सातदिने भ्रमण गर्ने भएका छन् ।
सन् १९६८ मा राष्ट्रपति यादवले एमबीबीएस पढेको कोलकातास्थित मेडिकल कलेजको वार्षिकोत्सवमा सहभागी हुन कलेजकै निमन्त्रणामा उनी त्यसतर्फजाने भएका हुन् । राष्ट्रपति यादव 'व्यक्तिगत भ्रमण' का रूपमा माघ १३ मा कोलकाता पुग्ने र 'औपचारिक भ्रमण' मा १८ गते दिल्ली पुग्ने कार्यक्रम रहेको परराष्ट्र स्रोतले जनाएको छ । 'राष्ट्रपतिको दिल्ली यात्रादेखि म साथमा हुनेछु,' राष्ट्रपतिका सल्लाहकार हरि शर्माले भने । राष्ट्रपति यादवले दिल्लीमा समकक्षी प्रतिभा पाटिल, प्रधानमन्त्री मनमोहन सिंह, कांग्रेस नेतृ सोनिया गान्धीलगायत उच्चपदस्थ अधिकारीसँग भेटघाट गर्न आवश्यक प्रक्रिया परराष्ट्रले मिलाइरहेको छ ।
source:-ekantipur


0 commentaires