ब्रायन एडम्सको काठमाडौं कन्सर्ट निश्चित

काठमाडौं, पुस १४  धेरैको धड्कन बनेका रक गायक ब्रयान एडम्सको काठमाडौं कन्सर्ट निश्चित भएको छ। एडम्सको कन्सर्ट आयोजना गर्ने आधिकारिक इभेन्ट व्यवस्थापन कम्पनी जेपीआर इभेन्ट्सको भिडियोमा उनले फेब्रुअरीमा नेपाल आउने बताएका हुन्। 'तपाइँका लागि गाउन हामी फेब्रुअरीमा नेपाल आउँदैछौं', जेभीआरको भिडियोमा एडम्सले भनेका छन्। फेब्रुअरी महिनामा उनी काठमाडौं आउने तय भए पनि मिति भने खुलाइएको छैन।
 भारतका सहररुमा कन्सर्ट गर्न आएको समय पारेर एडम्स नेपाल आउन लागेका हुन्। ब्रयानले फेब्रुअरी ११ देखि १६ सम्म भारतीय सहररु पुने, मुम्बइ, बेङ्ग्लोर, नयाँ दिल्ली र हैदरबादमा कन्सर्ट यात्रा गर्दैछन्।
सन् १९८० मा 'ब्रायन एडम्स' एल्बममार्फत सांगीत विश्वमा हाम्फालेका उनका 'एभ्रीथीङ आइ डु', 'प्लिज फरगिभ मी' सहितका गीतले विश्वकै संगीतप्रेमीको मन तरङ्गित पारिरहेका छन्। सन् २००८ मा स्टुडियो रेकर्ड एल्बम 'एलाभेन' निकालेपछि उनको सांगीतिक यात्रा कन्सर्टतर्फ बढ्दै गएको छ। कन्सर्टमै गाएका गीतहरुलाई रेकर्ड गरेर लाइभ एल्बम निकाल्ने प्रयोग एडम्सले गरिरहेका छन्।

धन्य ब्रायन ! स्टुडियो रेकर्डिङमै सन्तुष्ट मानेको भए काठमाडौंले हेर्न पाउने थिएन तिम्रो कन्सर्ट !!

source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login