आज ल्होसार मनाइँदै

काठमाडौँ, पुस १५- तमु ल्होसारको अवसरमा राष्ट्रपति डा.रामवरण यादवले देशविदेशमा रहनुभएका सम्पूर्ण तमु समुदायका दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति र समृद्धिका निम्ति शुभकामना व्यक्त गरेका छन्। 
संस्कृति र अतिथि सत्कारमा ख्याति कमाएको तमु समुदायले यस पर्वलाई नेपालका सबै समुदायको साझा पर्वको रूपमा विकास गर्नसकेमा सबै नेपालीबीच बन्धुत्व र एकताको भावना बढाउने कार्यमा सहयोग पुग्ने आशा राख्दै तमु समुदायका दिदीबहिनी तथा दाजुभाइलाई उनले शुभकामना दिएका छन्।

यसैगरी प्रधानमन्त्री माधवकुमार नेपालले तमु ल्होसारका अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण तमु(गुरुङ)समुदायका दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति र समृद्धिका निम्ति शुभकामना व्यक्त गरेका छन्।

तमु ल्होसारका अवसरमा आज दएको सन्देशमा प्रधानमन्त्री नेपालले सम्पूर्ण नेपालीबीच आपसी सदभाव, भ्रातृत्व र मेलमिलाप अझ बढ्दै जाने विश्वास व्यक्त गर्दै मुलुकको शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन तथा संविधान निर्माण गर्न सम्पूर्ण राजनीतिक पार्टी, विभिन्न सङ्घसंस्था तथा सम्पूर्ण नेपाली जनतालाई ल्होछार पर्वले सहमतिका साथ अघि बढ्न उत्प्रेरित र प्रोत्साहित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन्। रासस
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login