श्रीमानको सहारा बेगर पनि बाँच्न सकिदैन भन्ने मान्यतालाई चुनौती i

अजिता घिमिरे सर्लाही श्रीमानको सहारा बेगर पनि बाँच्न सकिदैन भन्ने मान्यतालाई चुनौती दिंदै सर्लाहीको परवानीपुर गाविसकी एक महिलाले आफ्नै कमाईमा बाँचेर देखाई दिएकी छन् । ब्लड क्यान्सर भएर अस्पताल भर्ना भएका बेला अपस्तालमै छाडेर श्रीमान् वेपत्ता भए पछि बेसहारा बन्नु भएकी परवानीपुर गाविस वडा नं  ९ घर भएकी गीता देवकोटाले आफ्नै संघर्षमा बाँचेर देखाई दिनु भएको हो ।  देवकोटाका अनुसार ब्लड क्यान्सर भए पछि काठमाण्डुको एक अस्पतालमा भर्ना भएका बेला गत २०६६ साल चैतमा अस्पतालमै अलपत्र छाडेर श्रीमान् भागेका थिए । त्यस पछि आफ्नो बुवाको सहारामा उपचार पूरा गरेर घर फर्किए पछि आफैले संघर्ष गरेर जीवन निर्वाह गर्न थालेको देवकोटा सुनाउनु हुन्छ । सय कडा दुई रुपैयाँ ब्याजमा साहु सँग १५ हजार रुपैयाँ ऋण झिकेर गत फागुन देखि देवकोटाले छिमेकी गाविस कालिञ्जोरको वडा नं।७ र ८ को सिमानामा रहेको पिपल चौतारोमा कटघेरा पसल गरेर आफ्नो एक्लो जीवन मात्र होईन दुई छोरीको समेत पालन पोषण गर्दै आउनु भएको छ । देवकोटाले किराना सामानका साथै चिया, चाउमिन, चटपटे समेत विक्री गर्ने गर्नु भएको छ । दैनिक पाँच सयदेखि हजार रुपैयाँ सम्मको व्यापार हुने गरेको र खर्च कटाएर दैनिक दुई सय देखि तीन सय सम्म खुद आम्दानी हुने गरेको उहाँको भनाई छ ।     यही व्यवसायबाट पसल सञ्चालनका लागि झिकिएको साहूको १५ हजार ऋण चुक्ता गरिसकेको उहाँ बताउनु हुन्छ । तर ब्लड क्यान्सरको उपचारमा लागेको दुई लाख मध्ये ५० हजार रुपैयाँ ऋण भने अझै बाँकी रहेको उहाँले बताउनु भयो । पसल गर्नु भन्दा अघि खसी बाख्रा पालन गरेर उपचारमा लागेको ऋण घटाएको उहाँले बताउनु भयो । परवानीपुरमै आफ्नो घर तथा माईती घर भए पनि कसैको सहयोग विना आफ्नै संघर्षले ११ वर्ष र ९ वर्षकी दुई छोरीलाई पढाउने खर्च समेत पुर्याई रहेको देवकोटाले जानकारी दिनु भयो । जीवनमा हार नखाईकन मेहनत र संघर्ष गर्ने हो भने श्रीमान् विना पनि बाँच्न सकिने उहाँको अनुभव  छ 
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login